२०८१ असोज १९, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअनमीव हस्पिटल पाँचौं वर्षमा, सर्जिकल सेवा सुरु भएको पहिलो वर्षमै ३ सय बढीको शल्यक्रिया

अनमीव हस्पिटल पाँचौं वर्षमा, सर्जिकल सेवा सुरु भएको पहिलो वर्षमै ३ सय बढीको शल्यक्रिया


काठमाडौं—वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. चक्रराज पाण्डेको अनमीव हस्पिटल पाँचौं वर्षमा प्रवेश गरेको छ । बिहीबारबाट अनमीव हस्पिटलले क्लिनिक र फिजियोथेरापी सेवा सुरु गरेको चार वर्ष पूरा भएर पाँचौं वर्षमा प्रवेश गरेको छ ।

सन् २०२० मा अनमीव ओपीडी र फिजियोथेरापी सेवा सुरु गरेको थियो । हस्पिटलले सर्जिकल सेवा दिन थालेको भने एक वर्ष भएको छ । अस्पतालका काे फाउण्डर समेत रहेका मेडिकल डाइरेक्टर डा. पाण्डेले गत वर्षको १ अक्टोबरबाट शल्यक्रिया सेवा सुरु गरेको जानकारी दिए ।

‘एक वर्षमै ३ सयभन्दा बढी शल्यक्रिया भएका छन्,’ डा. पाण्डेले भने, ‘चार वर्षमा अनमीवबाट ८ हजारभन्दा बढी बिरामीले ओपीडी सेवा लिएका छन् ।’ अनमीवले १० वटाभन्दा बढी हिप रिप्लेसमेन्ट, २० वटाभन्दा घुडाको जोर्नी रिप्लेसमेन्ट, ७० जनाभन्दा बढीको सोल्डर अर्थोस्कोपी, मिनिस्कस रिपेयर, एसियल, पिसिएल रिकन्स्ट्रक्सन र नि, लिगामेन्ट रि–कन्स्ट्रक्सन गरेको छ ।

बोन हेल्थकेयरमा बोन मिनिरल हेल्थ डेनसिटी सेवा ३४१ जनाले लिएका छन्, जुन बोनको प्रिभेन्टीभ केयर हो । ट्रमाका १ सय ८१ जना बिरामीको उपचार अनमीवमा भएको छ । ‘३० जनाको स्पाइन सम्बन्धि पेन म्यानेजमेन्ट, ८ हजारलाई फिजियोथेरापी सेवा हामीले प्रवाह गरेका छौं,’ उनले थपे ।

बिरामी फ्रेण्डली वातावरण, इन्फेक्स कन्ट्रोल गर्ने उत्कृष्ट शल्यक्रिया कक्षको व्यवस्थापन, त्यसको फ्लोको लागि प्रशासकहरुको सहयोग ले काम गर्न सजिलो र सहज भएकाे डा पाण्डे बताउछन् । अस्पतालले विश्वस्तरीय सेवाकै कारण क्यानडा, फ्रान्स, भारत, अमेरिका, जर्मनीलगायतका देशका बिरामीलाई पनि अनमीवले मेजर शल्यक्रिया सेवा दिएको छ ।

अनमीवमा हाल औसतमा दैनिक ओपीडीमा १००—१२० जना बिरामीले सेवा लिने गरेका छन् । अस्पतालमा ८८ जनाभन्दा बढी डाक्टर, नर्स, स्वास्थ्यकर्मी, कर्मचारी, प्रशासक र प्राविधिकहरुको टिमले सेवा प्रवाह गरिरहेको छ ।

अनमीवले समुदायका लागि निःशुल्क डाइबटिक, फिजियोथेरापी, जनरल फिजिसियन, स्त्री तथा प्रसूति रोगलगातयका शिविरहरु पनि यो अवधिमा सम्पन्न ग¥यो । शिक्षाका हिसाबले हरेक हप्तामा दुई तीन पटक डाक्टर र नर्सलाई बेडसाइट टिचिङ, हरेक दुई हप्तामा एकपल्ट अर्थोपेडिक्स ग्राण्ड राउण्ड र हरेक कर्मचारीलाई बेसिक लाइफ सपोर्ट (बीएलएस) तालिम पनि दिइएको डा. पाण्डेले बताए । डा. पाण्डे र उनको टिमले विभिन्न देशमा गएर गेष्ट लेक्चरर तालिम पनि दिइरहेको छ । ‘सिक्ने सिकाउने क्रम निरन्तर भइरहेको छ । कुनै बिरामीलाई गाह्रो छ भने हामीले अर्को ठाउँबाट पनि सेकेण्ड ओपनियन लिन्छौं,’ उनले भने, ‘वेष्ट ट्रिटमेन्ट दिएकै कारण बाहिर गएर राय लिएर आउने बिरामीको संख्या पनि बढिरहेको छ ।’ जसका कारण अहिले अनमीवमा सेकेण्ड ओपनियनका रुपमा हरेक ठाउँबाट बिरामी ओइरिने क्रम सुरु भएको छ ।

भविष्यमा अनमीवले यो गतिलाई निरन्तरता दिने उनले जानकारी दिए । ‘हाडजोर्नी, स्पोर्टस मेडिसिन, जोर्नी प्रत्यारोपण, पेडियाट्रिक अर्थोपेडिक्स, जेरियाट्रिक अस्टोपेरियोसिसको प्रिभेन्सनमा अनवरत रुपमा हामी लाग्छौं,’ डा. पाण्डेले सुनाए, ‘नयाँ ज्ञान र अनुसन्धानलाई पछ्याउँदैं अगाडि बढ्ने अठोट छ ।’ उनले पाँचौ वर्ष लागेको अवसरमा बिरामी, अस्पतालका डाक्टर, नर्स, कर्मचारीलाई धन्यवाद दिदैं आगामी वर्षमा अझै सुविधासम्पन्न हेल्थकेयर प्रवाह गर्ने प्रण गरेको बताए ।

अनमीवले निकट भविष्यमै युरोलोजी, कार्डियोलोजी, पल्मोनोलोजी, स्त्री तथा प्रसूति रोग, ईएनटी, जनरल सर्जरी, न्यूरो सर्जरीजस्ता सुविधाहरु बढाउँदैं लैजाने तयारी गरेको छ । अनमीवले इन्भेष्ट्री म्यानेजमेन्टका लागि छुट्टै भवन लिएर काम गरिरहेको छ ।

बिरामीको रोजाइमा अनमीव पर्नुको कारण २९—३० वर्षदेखि नेपालमा आफूले दिएको सेवा, ठूला अस्पताल बनाउनु, रातदिन खट्नु, पढाइलाई अग्रस्थानमा राख्नु, पढाउनु, सिकाउनु, सिक्ने क्रमलाई निरन्तरता दिनु, बिरामीलाई निराश नबाउनु प्रमुख कारण रहेको डा. पाण्डेको बुझाइ छ । ‘यो अनवरत प्रयासकै प्रतिफल हो,’ उनले भने, ‘अर्को अहिले कन्फ्लिट नभएकाले काममा फोकस गर्न पनि सजिलो भयो ।’ स्टाफ मोटिभेसन पनि यसको कारण रहेको उनले जानकारी दिए ।

डा. पाण्डे आफूहरुले नगरेमा देश कसैलाई नबनाइदिने उल्लेख गर्दै त्यसका लागि आफ्नो ठाउँबाट विश्वस्तरीय सेवा दिन लागि परेको बताउँछन् । ‘पढ्ने, पढाउने र बाचुन्जेल बिरामी र देशको सेवा गर्ने हो,’ उनले भने, ‘आफ्नो देशका नागरिक र आगन्तुलाई सेवा दिने प्रमुख प्राथमिकता हो । अरु देशभन्दा कसरी कामले राम्रो बन्ने भन्नेमा मेरो ध्यान छ ।’ अरुभन्दा राम्रो बन्न पढ्ने, अनुशासनमा बस्ने, मान्छेलाई मान्छेजस्तो व्यवहार गर्नुपर्ने सुझाव उनको छ ।

अस्पतालकी प्रमुख कार्यकारी अधिकृत (सिईओ) सपना पाण्डे हेल्थकेयरमा नयाँ—नयाँ चुनौतीहरु आइरहने बताउँछिन् । ‘ती चुनौतीहरुलाई सामना गर्दै अगाडि बढिरहेका छौं,’ उनले भनिन्, ‘तर, चुनौती भएपनि रमाइलो छ ।’ उनले डाक्टरबाट पाउने सेवा, नर्सहरुले प्रदान गर्ने सेवा, वातावरण, हस्पिटालिटीजस्ता कुराहरुबाट बिरामीहरु आकर्षित हुने बताइन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ