२०८१ असोज १९, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारवर्षाको कारण सामुदायिक स्वास्थ्य क्लिनिक पूर्णरुपमा क्षति

वर्षाको कारण सामुदायिक स्वास्थ्य क्लिनिक पूर्णरुपमा क्षति


दोलखा-दुई दिनको लगातार अविरल वर्षाको कारण दोलखाको तामाकोसी गाउँपालिका–५ किर्नेस्थित क्लिनिकमा पूर्ण क्षति पुगेको छ । यस स्थानमा रहेको धुलिखेल अस्पतालको सहयोगमा सञ्चालित सामुदायिक स्वास्थ्य क्लिनिक भवनको आधा भाग पूर्ण रुपमा क्षति पुर्याएको हो ।

भवनको आधा भाग क्षति पुर्‍याउनुको साथै क्लिनिकको स्वास्थ्य सामग्रीसमेत बगाएको तामाकोशी गाउँपालिका अध्यक्ष प्रोण प्रताप केसीले जानकारी दिए । भवनमा क्षति पुगेपछि हाल उक्त क्लिनिकमा रहेको स्वास्थ्य उपकारण र औषधिहरु नजिकैको विद्यालय त्रिकुटेश्वर माध्यमिक विद्यालयमा सारिएको अध्यक्ष केसीले बताए ।

सन् २०१२ देखि यस क्षेत्रका नागरिकहरुलाई स्वास्थ्य सेवा दिदै आएका थिए । ७ जना जनशक्ति रहेको यस क्लिनिकमा प्राथमिक उपचार, प्रयोगशाला, भिडियो एक्सरे, एम्बुलेन्स सेवा र सामान्य चिरफार समेतको सेवा दिदै आएको धुलिखेल अस्पतालका सामुदायिक कार्यक्रम प्रमुख दिनेश थापाले जानकारी दिए ।

साथै भीमेश्वर नगरपालिका–२ दोलखामा सञ्चालित अस्पतालमा आएका चिकित्सकहरुले १५/१५ दिनमा यस क्लिनिकमा आएर सेवा दिने गरेको कार्यक्रम प्रमुख थापाले बताए । यस क्लिनिकमा दैनिक ४०/५० जना बिरामीलाई सेवा दिने गरेको छ । अब छिट्टै नै स्थानीय सरोकार र अस्पतालको व्यवस्थापनसँग सल्लाह गरी सेवा सुचारु राख्ने कार्यक्रम प्रमुख थापाले जानकारी दिए ।
हाँ जाँच गर्नुहोस्


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ