गृहपृष्ठ ∕ समाचार ∕ १० वर्ष पहिल्यै थाहा हुन्छ पाठेघरको मुखको क्यान्सर १० वर्ष पहिल्यै थाहा हुन्छ पाठेघरको मुखको क्यान्सर डा. विमलकुमार थापा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ शुक्रबार, २०८१ असोज ११ गते, १३:०५ मा प्रकाशित नेपाली महिलामा पाठेघरको रोग ठूलो समस्या बन्ने गरेको छ । पाठेघरको मुखमा हुने क्यान्सर एउटा गम्भीर समस्या हो । तर, पाठेघरको मुखमा हुने क्यान्सर पाठेघरभित्रको क्यान्सरभन्दा केही मानेमा फरक छ । पाठेघरको मुखको क्यान्सर सजिलै पत्ता लाग्छ र उपचार गर्न सकिन्छ । नियमित चेकजाँच गर्यो भने यो क्यान्सर पूर्ण रूपमा निर्मूल पार्न सकिन्छ । तर, क्यान्सर फैलिएर अप्रेसन नै गर्न नसकिने, सेकेर पनि नहुने, औषधिले पनि नछुने अवस्था भएपछि मात्रै महिलाहरू अस्पताल धाउनाले समस्या जटिल बन्ने गरेको छ । पाठेघरको मुखको पानी जँचाएर क्यान्सर छ कि छैन पत्ता लगाउन सकिन्छ । वेला–वेला पाठेघर चेक गराउनु स्वास्थ्यका लागि निकै राम्रो हुन्छ । तर, यो चलन नेपाली महिलाहरूमा कमै छ । रोगले गालेपछि मात्रै अस्पताल आउने गर्छन् । पाठेघरको मुखको क्यान्सर हुँदै छ भन्ने पहिल्यै थाहा पाउन पनि सकिन्छ । क्यान्सर हुँदै छ भन्ने कुरा १० वर्षअघि नै थाहा पाउन सकिन्छ । वेलैमा जाँच गराउँदा सामान्य रूपमै पाठेघरको मुखको क्यान्सर ठीक पार्न सकिन्छ । पाठेघरको मुखको क्यान्सर जाँच गर्ने सजिलो तरिका नेपालमै छ । भिआइए (भिजुअल इन्सपेक्सन विथ एसिटिक एसिड)बाट पाठेघरको मुखको जाँच गर्न सकिन्छ । यो विधिबाट चेकजाँच गर्नका लागि विशेषज्ञ डाक्टरकै आवश्यकता पनि पर्दैन । सिएमए, अनमी, हेल्थ असिस्टेन्ट, स्टाफ नर्स सबैले जाँच गर्न सक्छन् । तर, एउटा निश्चित तालिम भने लिएको हुनुपर्छ । कुनै अप्रेसनविना केवल ५–७ मिनेटको जाँचमै पत्ता लाग्छ । शंका लागेमा गाइनोलोजिस्टले थप परीक्षण गरेर रोग निक्र्योल गर्छन् । विकसित देशमा युवा अवस्थामै पाठेघर परीक्षण गर्ने चलन छ । इंग्ल्यान्डमा २१ वर्ष पुग्नुभन्दा ६ महिनाअघि नै जाँच गर्ने व्यवस्था छ । आयरल्यान्डमा १८ वर्ष उमेरदखि नै जाँच गर्छन् । पाठेघरको मुखको क्यान्सर फैलिएर उपचार नै गर्न नसकिने अवस्था नहोस् भनेर पहिले नै सचेत छन्, विकसित राज्य । सामान्य सचेत हुँदा सजिलै निको पार्न सकिने र बेवास्ता गर्दा महिलाको ज्यानै जाने खतरनाक रोग हो, पाठेघरको क्यान्सर । ३५ वर्षमाथि उमेरका महिलाले नियमति रूपमा आफ्नो स्वास्थ्य जाँच गराउनु राम्रो हुन्छ । ग्रामीण महिलालाई यो कुरा थाहा छैन । चेतनाको अभाव छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य बीमा ५ लाख पुग्छ पुग्छ–स्वास्थ्य मन्त्री पौडेल (मन्तव्यको पुर्ण… महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश एनसीडिए मोरङको होली मिलन कार्यक्रम स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त धेरै पढिएका १ प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ सम्झौता २ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ३ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान ४ फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? ५ वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने ६ हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा ७ क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह Kalpana Craft ट्रेण्डिङ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति स्वास्थ्य बीमा ५ लाख पुग्छ पुग्छ–स्वास्थ्य मन्त्री पौडेल (मन्तव्यको पुर्ण पाठ सहित) क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो एउटा स्वस्थ बच्चाका लागि हजार दिनसम्मको हेरचाह कर्णाली प्रदेश अस्पताल स्तरोन्नती गर्न उच्चस्तरीय अध्ययन समितिका पाँच सुझाव एनसीडिए मोरङको होली मिलन कार्यक्रम सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति स्वास्थ्य बीमा ५ लाख पुग्छ पुग्छ–स्वास्थ्य मन्त्री पौडेल (मन्तव्यको पुर्ण पाठ सहित) क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो एउटा स्वस्थ बच्चाका लागि हजार दिनसम्मको हेरचाह कर्णाली प्रदेश अस्पताल स्तरोन्नती गर्न उच्चस्तरीय अध्ययन समितिका पाँच सुझाव एनसीडिए मोरङको होली मिलन कार्यक्रम सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त