२०८१ असोज १३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल नेत्र ज्योति संघका अध्यक्ष प्रा.डा.पन्त आईएपीबीको बोर्ड अफ ट्रस्टीमा निर्वाचित

नेपाल नेत्र ज्योति संघका अध्यक्ष प्रा.डा.पन्त आईएपीबीको बोर्ड अफ ट्रस्टीमा निर्वाचित


काठमाडौं-नेपाल नेत्र ज्योति संघका अध्यक्ष प्रा.डा. चेतराज पन्त इन्टरनेशनल एजेन्सी फर द प्रिभेन्सन अफ ब्लाइन्डनेस (आईएपीबी)को बोर्ड अफ ट्रस्टीमा निर्वाचित भएका छन् । मंगलबार सार्वजनिक अनलाइनमार्फत भएको मतदानको परिणामअनुसार उनी आईएपीबीको बोर्ड अफ ट्रस्टीमा निर्वाचित भएका हुन् ।

आइएपीबीको निर्वाचनमा विश्वभरका २५० भन्दा बढी सदस्य संस्थाहरु सहभागी भएका थिए । विश्वभरका आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाहरुको छाता संगठनका रुपमा रहेको आइएपीबीले अन्तर्राष्ट्रिय रुपमा आँखा स्वास्थ्यको क्षेत्रको वकालत गर्दै आइरहेको छ ।

आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय परोपकारी संस्थाहरू, आँखा अस्पतालहरू, शैक्षिक संस्थानहरू, व्यावसायिक संघहरू र कर्पोरेट संस्थाहरूसमेत आइएपीबीका सदस्य छन् ।

नेपाल नेत्रज्योति संघ विगत एक दशकभन्दा लामो समयदेखि आइएपीबीको सदस्य रहँदैं आएको संघले जनाएको छ । संघ नेपालबाट अन्धोपन निवारण गर्ने उद्देश्यले गैरनाफामूलक संस्थाको रुपमा १३ चैत २०३५ मा स्थापना भए। नेपालीको आँखा स्वास्थ्य सेवामा अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको छ ।

संघले नेपालका कुल ७७ जिल्लाहरूमध्ये ६७ जिल्लामा आफ्नो स्थायी आँखा उपचार केन्द्रको स्थापना गरिसकेको जनाएको छ । ‘स्थापनादेखि हालसम्म संघको संजालमार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिकहरु गरी कुल ४ करोड ३६ लाख २६ जना आँखाका बिरामीहरुलाई उपचार सेवा प्रवाह गरिसकेको छ,’ संघले भनेको छ, ‘५१ लाख ३३ हजार ६५९ जनाको आँखाको शल्यक्रिया भइसकेको छ ।’ हाल संघअन्तर्गत देशभरमा २८ आँखा अस्पताल, १६० आँखा उपचार केन्द्र तथा ४४ जिल्ला शाखाहरू संचालनमा छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ