२०८१ असोज ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक सरुवा, स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. विकास

स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक सरुवा, स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. विकास

महाशाखा प्रमुख र संघीय अस्पतालका मेसुहरु फेरिए


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्यका उच्च अधिकारीहरुको ब्यापक जिम्मेवारी हेरफेर गरेका छन् । आइतबार स्वास्थ्य पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर गरेका हुन् ।

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. विकास देवकोटालाई लगिएको छ । यसअघि विभागको महानिर्देशक डा. संगीता मिश्रा थिइन् । उनलाई मन्त्रालयमा ल्याइएको छ ।

अतिरिक्त सचिव डा. देवकोटालाई मन्त्रालयबाट विभागको महानिर्देशकमा लगिएको हो । त्यसअघि उनी लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवका भएका थिए ।

उपचारात्मक महाशाखाको जिम्मेवारीमा डा. सुधा देवकोटालाई ल्याइएको छ । यसअघि उक्त महाशाखा प्रमुख रहेका डा. अनुप बाँस्तोलालाई शुक्रराज टपिकल तथा सरुवा रोग अस्पताल सरुवा गरिएको छ ।

स्वास्थ्य तालिम केन्द्रमा यसोदा अर्याललाई लगिएको छ । डा. अनुप भट्टचनलाई सार्क टिबी रोग केन्द्रमा पठाइएको छ ।

मन्त्रालयका प्रवक्ता र केन्द्रीय कारागार अस्पतालका निर्देशक रहेका डा. प्रकाश बुढाथोकीलाई मन्त्रालय ल्याइएको छ । केन्द्रीय कारागार अस्पतालमा सार्क टिबी रोग केन्द्रमा रहेकी डा. मनिषा रावललाई पठाइएको छ ।

विभागको व्यवस्थापन महाशाखा प्रमुखमा डा. पवनजंग रायमाझीलाई लगिएको छ । यसअघि उक्त ठाउँमा रहेका डा. श्रवण थापाको ट्मा सेन्टर सरुवा भएको छ ।

मन्त्री पौडेलले वीरगन्जस्थित नारायणी अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. चुमनलाल दासलाई पठाएका छन् ।  डा. दास यसअद्धि मन्त्रालयको अन्तर्राष्ट्रिय समन्वय महाशाखामा थिए । उनको ठाउँमा डा. भीमप्रसाद सापकोटालाई ल्याइएको छ ।

निजी अस्पतालको म्यानेजर र कर्मचारी सरुवामा अहिलेका निमित्त मेसु डा. एनामुल हक विवादित बनेका थिए । डा. हक विवादित बनेपछि मन्त्री पौडेल वीरगन्जमा नयाँ मेसु पठाउनुपर्ने दबाबमा थिए ।

यस्तै, गुणस्तर मापन तथा नियमन महाशाखाको जिम्मेवारी डा. सरोज शर्माले पाएका छन् । यसअघि उक्त महाशाखा प्रमुखको जिम्मेवारीमा डा. मदन उपाध्याय थिए । डा. उपाध्यायलाई वीर अस्पताल लगिएको छ ।

यसैगरी, कोशी अस्पतालको प्रमुख डा. रुणा झालाई लगिएको छ । यसअघि उक्त अस्पतालको मेसुमा डा. रविनराज सिंह रहेका थिए । गजेन्द्रनारायण अस्पतालको जिम्मेवारी डा. श्रीराम तिवारीले पाएका छन् ।

भेरी अस्पतालको मेसुमा डा. निराजन सुवेदीलाई नियुक्त गरिएको छ । यसअघि उक्त अस्पतालको मेसु डा. प्रकाश थापा रहेका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ