२०८१ असोज ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचाररामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक मस्यौदा तयार

रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक मस्यौदा तयार


काठमाडौ–स्वास्थ्य विज्ञान प्रतिष्ठान घोषणा भएर पनि छुट्टै आफ्नो एन नभएको रामराजा प्रसाद स्वास्थ्य विज्ञान प्रतिष्ठान सप्तरीको प्रारम्भीक विधेयक मस्यौदा तयार भएको छ । प्रतिष्ठान पुर्वाधार विकास समितिको सक्रियतामा तयार भएको सो मस्यौदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा छलफलको अन्तिम चरणमा रहेको छ ।

स्वास्थ्य मन्त्रालयले केही दिनमै अर्थ र कानुन मन्त्रालयको राय लिएर मन्त्रिपरिषदमा पेश गर्ने तयारीमा रहेको छ । मन्त्रिपरिषदबाट पारित भएपछि सो विधेयक मस्यौदा संसदमा दफावार छलफलको लागि प्रस्ताव हुनेछ ।

आठ वर्ष अघि सरकारले स्वास्थ्य विज्ञान प्रतिष्ठान घोषणा गरे तापनि छुट्टै ऐन नहुदा शैक्षिक कार्यक्रमहरु अघि बढ्न सकेको थिएन । हाल सो प्रतिष्ठान सरकारको गठन आदेश अनुसार पुर्वाधार विकास समिति तय भएर भौतिक पुर्वाधार निर्माणको प्रकृयामा रहेको छ ।

सरकारले तत्कालीन सगरमाथा अञ्चल अस्पताललाई रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रुपान्तरण गरेको थियो । ‘छुट्टै ऐन नियमहरु नहुदा सरकारको योजना अनुसार शैक्षिक कार्यक्रमहरु संचालन गर्न सकिएको छैन ।’ पुर्वाधार विकास समितिका अध्यक्ष प्राडा पशुपती चौधरीले भने ‘त्यही भएर हामीले विधेयक मस्यौदा तयार गरेर स्वास्थ्य मन्त्रीलाई बुझाएका छौ, सो विधेयक संसदबाट पास भएर एनको रुपमा आयो भने आगामी वर्षबाटै शैक्षिक कार्यक्रमहरु संचालन गर्न सकिन्छ ।’

हाल रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पताल तर्फ ३०० शैया सम्म संचालन गर्न सक्ने भौतिक पुर्वाधार तयार भइसकेको छ । त्यसैगरी छुट्टै सरकारको गुरु योजना अनुसारको मास्टर प्लान पनि यही वर्षबाट सुरु हुने अध्यक्ष प्राडा चौधरीको दावी छ ।

कस्तो बन्दै छ ऐन ?

अन्य स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु जस्तै प्रधानमन्त्री कुलपति तथा स्वास्थ्य मन्त्री सहकुलपति हुने प्रस्ताव विधेयकको मस्यौदामा प्रस्ताव गरीएको छ । प्राज्ञिक व्यक्ति उपकुलपति हुने व्यवस्था गरीएको छ । उपकुलपति हुनको लागि चिकित्सा शास्त्रमा स्नातकोत्तर गरी प्रध्यापक भएको कम्तिमा ५ वर्ष पुगेको हुनुपर्ने प्रस्ताव गरिएको छ । समयावधि भने अन्य प्रतिष्ठानको भन्दा १ वर्ष थप ५ वर्षको हुने प्रस्ताव गरिएको छ ।

प्रतिष्ठानको प्रस्तावित संगठन संरचनामा सबैभन्दा माथि कुलपतिको अध्यक्षतामा रहने सभा, त्यसपछि प्राज्ञिक क्रमश परिषद, कार्यकारी परिषद, सेवा आयोग, विद्या परिषद, संकाय, अनुसन्धान केन्द्र, शैक्षिक संस्था, अस्पताल र अन्य तोकिए बमोजिमका निकाय रहने भनिएको छ ।
प्रतिष्ठानका उदेश्यका शैक्षिक कार्यक्रम संचालन, गुणस्तरीय स्वास्थ्य सेवा प्रदान र स्वास्थ्य अनुसन्धानको गर्ने रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ