२०८१ असोज ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यमा दुई उपसचिवको इन्ट्री, पाँच उपसचिवको स्वास्थ्यबाट सरुवा

स्वास्थ्यमा दुई उपसचिवको इन्ट्री, पाँच उपसचिवको स्वास्थ्यबाट सरुवा


काठमाडौं—सरकारले उपसचिवहरुको व्यापक सरुवा गरेको छ । ३१ भदौंमा संघीय मामिला तथा सामान्य प्रशासनले १ सय ३५ जना उपसचिवहरुको सरुवा गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा भएर दुई जना उपसचिवहरु आएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलय बागमती प्रदेशमा कामकाज गरिरहेका उपसचिव हरि पंगेनीको स्वास्थ्य मन्त्रालयमा सरुवा भएको छ ।

भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत दरबन्दी रहेका कपिल प्रसाद तिमल्सेनाको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय वा अन्तर्गत रहने गरी सरुवा गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उपसचिव रहेका सविन सिंह चौधरीलाई स्वास्थ्य बीमा बोर्डमा काजमा पठाइएको छ । उनको सरुवा भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट उपसचिव बाबुराम खनालको पनि सरुवा भएको छ । उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लगिएको छ ।

स्वास्थ्यका अर्का उपसचिव सुरेशराज जोशीको पनि सरुवा भएको छ । उनलाई गृह मन्त्रालयमा पठाइएको छ । स्वास्थ्यकै राजेश पन्थीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय वा अन्तर्गत रहने गरी सरुवा गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा दरबन्दी रहेर खानेपानी मन्त्रालयका कार्यरत भक्तराज जोशीको पनि सरुवा भएको छ । उनलाई खानेपानी मन्त्रालयमा वा अन्तर्गत रहने गरी सरुवा भएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ