काठमाडौं—पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका आठौं तहका ल्याब अधिकृत विरुद्ध नक्कली प्रमाणपत्र बुझाएर बढुवा लिएको आरोपमा विशेष अदालतमा मुद्धा दायर भएको छ ।
बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाटनका ल्याब अधिकृत दिपेन्द्र यादव विरुद्ध नक्कली प्रमाणपत्र बुझाएर बढुवा लिएको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
अधिकृत यादवले बीएमएलटी (एलई)को प्रमाणपत्र बढुवाका लागि नक्कली पेश गरेका थिए । उनले नक्कली प्रमाणपत्र पेश गरेर बढुवा लिएको उजुरी परेपछि अख्तियारले उनका प्रमाणपत्र छानविन गरेको थियो ।
सो क्रममा आठौं तहमा बढुवा हुनका लागि उनले मगध विश्वविद्यालयबाट जारी भएको भनिएकोबीएमएलटी (एलई) सँग सम्बन्धित प्रमाणपत्र लब्धांकपत्र र प्रोभिजनल प्रमाणपत्र बुझाएका थिए । तर, उक्त प्रमाणपत्रहरु नक्कली पाइएको अख्तियारले जनाएको छ ।
अख्तियारले यादवले झुटा प्रमाणपत्र पेश गरी अधिकृतको हैसियतमा लाभ लिई प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कसुर गरेको पुष्टि भएको दावी गरेका छ । उनलाई प्रचलित ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय माग दावी गरिएको छ ।