२०८१ असोज ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशसरकारी डाक्टरलाई व्यापार नगर्न तुलसीपुरका मेयरको चेतावनी

सरकारी डाक्टरलाई व्यापार नगर्न तुलसीपुरका मेयरको चेतावनी


दाङ—तुलसीपुर उपमहानगरका नगर प्रमुख टीकाराम खड्काले इमान्दरपूर्वक आफ्नो जिम्मेवारी पूरा गर्न सरकारी डाक्टरहरुलाई आग्रह गरेका छन् । मंगलबार राप्ती प्रादेशिक अस्पतालको वार्षिक समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै नगर प्रमुख खड्काले सरकारी डाक्टरले आफ्नो जिम्मेवारी पूरा नगर्दा सामूदायिक अस्पतालप्रति जनविश्वास घट्दो क्रममा रहेको बताए ।

‘सरकारी अस्पतालका डाक्टर डियुटी नसकिदैँ निजी अस्पतालमा जाने गरेको जनगुनासो छ,’ नगर प्रमुख खड्काले प्रश्न गर्दै भने, ‘डियुटी समयमै विरामी डाक्टर खोज्न निजी अस्पतालमा जानुपर्ने हो भने सरकारी अस्पताल भएको के काम ?’

सरकारी डाक्टरले सरकारी अस्पतालमै हुने सेवा लिन प्राइभेट क्लिनिकमा जान बाध्य पर्ने गरेको भन्दै डाक्टरलाई व्यापार नगर्न चेतावनी दिए ।
‘सरकारी अस्पतालमै भएको सेवा लिन डाक्टरले आफूले काम गर्ने क्लिनिकमा जान बाध्य पार्ने गरेका छन्,’ खड्काले भने, ‘सरकारी मै पाइने सेवा लिन प्राइभेटमा पठाउनु त व्यापार हो । सरकारी डाक्टरलाई व्यापार गर्ने छुट छैन ।’

प्राइभेट क्लिनिकमा बिरामी पठाउने डाक्टरको सूचना संकलन गरिरहेको भन्दै नगर प्रमुख खड्काले त्यस्ता काम तत्काल बन्द नगरे सम्बन्धित निकायमा कार्वाहीका लागि लेखी पठाउने बताए ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ