२०८१ असोज ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसुदूरपश्चिमको बजेटमा स्वास्थ्यः प्रदेश सांसदको स्वास्थ्य बीमादेखि पोषण सुधारसम्म

सुदूरपश्चिमको बजेटमा स्वास्थ्यः प्रदेश सांसदको स्वास्थ्य बीमादेखि पोषण सुधारसम्म

बयलपाटा अस्पताललाई विशिष्टीकृत अस्पतालका रुपमा संचालन गर्न र प्रदेश मातहतका ल्याउन सम्भाव्यता अध्ययन गरिने


धनगढी— सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ को बजेट प्रदेश सभामा पेश गरेको छ । सोमबार प्रदेश सरकारका आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाले ३१ अर्ब ५८ करोड २८ लाख रुपैयाँको बजेट संसदमा प्रस्तुत गरेका छन् ।

बजेटमा प्रदेश सांसदको स्वास्थ्य बीमा गर्नेदेखि पोषण सुधारसम्मको विषय समेटिएका छन् । प्रदेशका जनताका लागि गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन प्रदेश सरकारका मातहतका स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालयहरु, अस्पताल, आयुर्वेद चिकित्सालय, आयुर्वेद औषधालय, आयुर्वेद स्वास्थ्य केन्द्रहरुको सुदृढीकरणसँगै औषधि, उपकरण र जनशक्तिमा आवश्यक बजेट बिनियोजन गरेको अर्थमन्त्री थापाले बजेट भाषणमा उल्लेख गरे ।

बजेटमा प्रदेशअन्तर्गतका अस्पताल तथा स्थानीय तहका स्वास्थ्य चौकीलाई थप स्तरोन्नती र सुदृढीकरण गरी अस्पतालमा फिजियोथेरापी सेवा विस्तार गरीने उल्लेख गरिएको छ । यसैगरी, कल्पसन्द चिकित्सा पद्धतिको विकास र विस्तारका लागि सम्भाव्यता अध्ययन गरिने बजेटमा छ ।
सेती प्रादेशिक अस्पताल, महाकाली प्रादेशिक अस्पताल र टीकापुर अस्पताल सिकलसेल एनिमिया, थालासेमिया, हेमोफोलियाजस्ता रोगको पहिचान निदान तथा उपचार ब्यवस्थाको लागि घोरीघोरा स्वास्थ्य उपचार कार्यक्रमको लागि ३ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

सेती प्रादेशिक अस्पताल, महाकाली प्रादेशिक अस्पताल र टीकापुर अस्पतालमा अटीजम डाउन सिन्ड्रोम व ौद्धिक अपाङगता भएका ब्यक्तिहरुका लागि क्लिनिक तथा परामर्श सेवाका लागि उपचारको सेवा विस्तार गरिने बजेटमा छ ।

प्रदेशभित्रका सबै अस्पतालमा निःशुल्क रक्त संचार सेवा सुचारुको लागि १ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । प्रदेशसभा सदस्यहरुको स्वास्थ्य बीमा कार्यक्रमको लागि आवश्यक बजेट बिनियोजन अर्थमन्त्री थापाले बताए ।

मुख्यमन्त्री स्वास्थ्य क्षेत्र सुधार तथा पोषण सुरक्षा कार्यक्रमअन्तर्गत प्रदेशमा कुपोषण न्यूनीकरण र केश ब्यवस्थापनको लागि स्थानीय तहको समन्वय र सहकार्यमा स्वास्थ्य संस्था पोषण केन्द्र स्थापना तथा विस्तार र स्तरोन्नतीका लागि प्रदेश स्वास्थ्य निर्देशनालय अस्पताल र स्वास्थ्य कार्यालयमा पर्याप्त बजेटको व्यवस्था गरिएको बजेटमा छ ।

सेती, महाकाली, तीकापुर, प्रादेशिक आयुर्वेद चिकित्सालय तथा मातहतका स्वास्थ्य संस्थाको संगठन तथा व्यवस्थापन सर्वेक्षण र स्तरोन्तीका लागि पनि बजेट विनियोजन गरेको अर्थमन्त्री थापाले जानकारी दिए ।

अछामको बयलपाटा अस्पताललाई विशिष्टीकृत अस्पतालका रुपमा सञ्चालन गर्न र प्रदेश मातहतका ल्याउन सम्भाव्यता अध्ययन गरिनेछ बजेटमा छ । बयलपाटा अस्पतालको फोहोर व्यवस्थापन र वातावरण व्यवस्थापनका लागि ७ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

बजेट कार्यक्रममा स्वास्थ्य निर्देशनालयबाट कार्यान्वयन हुने गरी बयलपाटा अस्पतालमा ट्रमा युनिट स्थापनाका लागि उपकरण खरिदका लागि ३० लाख रुपैयाँ बजेट बिनियोजन गरिएको छ । त्यसैगरी, प्रदेश सरकार र लायन्स क्लबको साझेदारीमा बयलपाटा अस्पतालमा रक्त सेवा संचालनको लागि औजार उपकरण खरिदको लागि ३५ लाख रुपैयाँ बिनियोजन गरिएको छ । यस्तै, प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा बलयपाटा अस्पतालको लागि आबश्यक औषधि खरिदका लागि ३ करोड रुपैयाँ विनियोजन गरिएको छ । स्वास्थ्य कार्यालय अछाममा बयलपाटा अस्पतालको सहकार्यमा ग्रामीण स्वास्थ्य प्रर्वद्धनका लागि १ करोड बिनियोजन गरिएको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ