डडेल्धुरा अस्पताल विकास समितिका पूर्व अध्यक्ष सिंह विरुद्ध विशेष अदालत मुद्धा दायर

काठमाडौं—डडेल्धुरा अस्पताल विकास समितिका पूर्व अध्यक्ष लक्ष्मण सिंह विरुद्ध विशेष अदालतमा मुद्धा दायर भएको छ । सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिंहले विकास समितिको अध्यक्ष पदमा नियुक्त हुँदा नक्कली प्रमाणपत्र पेश गरेको आरोपमा विशेष अदालतमा मुद्धा दायर गरेको हो ।
उनले अस्पताल विकास समितिको अध्यक्ष हुँदा पेश गरेको इन्टरमिडियट र ब्याचलरको शैक्षिक योग्यता झुटा र नक्कली रहेको दावी अख्तियारको छ । सिंहले डडेल्धुरा अस्पताल विकास समिति (गठन) आदेश, २०७६ अनुसार नियुक्त लिँदा नक्कली प्रमाणपत्रहरु पेश गरेको अख्तियारको आरोप छ ।
‘इन्टरमिडियट र स्नातक तहको झुट्टा तथा नक्कली प्रमाणपत्र पेश गरी उल्लेखित पदमा मनोनित भई नियुक्ति लिई ओहोदा, लाभ र सुविधा प्राप्त गरेको हुँदा निज लक्ष्मण सिंहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन माग दावी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ,’ अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जारी गरेको विज्ञप्तीमा छ ।
धेरै पढिएका
- १ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो
- २ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान
- ३ प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ सम्झौता
- ४ फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ?
- ५ क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह
- ६ हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा
- ७ सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त
तपाईको प्रतिक्रिया दिनुहोस