२०८१ असोज २, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारधर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रका बेथितीबारे भक्तपुरका नागरिक जवाफ माग्दैं स्वास्थ्य मन्त्रालयमा

धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रका बेथितीबारे भक्तपुरका नागरिक जवाफ माग्दैं स्वास्थ्य मन्त्रालयमा


काठमाडौं—शहिद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रका बेथितीबारे भक्तपुरका नागरिक जवाफ खोज्दैं स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगेका छ । आइतबार दिउँसो उनीहरुले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रद्रीप पौडेललाई भेटेरै केन्द्रका बेथिती र आफ्ना मागहरुका विषयमा जानकारी गराएका छन् ।

झण्डै २ सय जनाको हस्ताक्षरसहित उनीहरुले केन्द्रमा रहेका बेथितीहरुका विषयमा मन्त्री पौडेललाई जानकारी गराएका थिए । केन्द्रमा मुटु, कलेजो, मिर्गौला, फोक्सो तथा नसा सेवा तत्काल सुचारु गर्नुपर्ने, विहान ९ बजेदेखि ४ बजेसम्म सेवा दिने वातावरण बनाउनुपर्ने, अस्पताल भित्र हुने सबै प्रकार सामाजिक उत्पीडन अन्त्य हुनुपर्ने, कर्मचारीहरुको रोकिएको तबल भत्ता श्रम ऐनअनुसार भुक्तानी हुनुपर्ने र केन्द्रको नेतृत्वलाई कारवाही गर्नुपर्ने उनीहरुको माग छ ।

यसअघि पनि मन्त्री पौडेललाई भक्तपुरवासीले मागहरुसहितको पत्र बुझाएका थिए । त्यसमा लामो समय बितिसक्दा पनि सुनुवाई नभएपछि उनीहरुले आइतबार मन्त्रालयमै पुगेर पुनः ध्यानाकर्षण पत्र बुझाएका छन् ।

स्थानीयहरुले मन्त्री पौडेललाई समस्या कहिले समाधान गर्ने भनेर प्रश्नसमेत गरेका थिए । सो क्रममा मन्त्रीले पौडेलले भने समस्या समाधान गर्न आफूले खोजिरहेको बताएका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ