२०८१ असोज २, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारBreaking: स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. लोहनीद्वारा राजीनामा

Breaking: स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. लोहनीद्वारा राजीनामा


काठमाडौं–स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले पदबाट राजिनामा दिएका छन् । शुक्रबार डा लोहनीले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलमार्फत राजीनामा बुझाएका हुन् ।

डा. लोहनीले राजीनामा दिएको मन्त्रालय उच्च स्रोतले हेल्थआवाजलाई जानकारी दिएको छ । ‘उहाँ आज मन्त्रीलाई भेटेर राजीनामा दिन आउनुभएको थियो,’ मन्त्रालय उच्च स्रोतले भन्यो, ‘उहाँ (मन्त्री) नभेटेपछि सचिवालयमा छोडेर जानुभएको छ ।’

१३ मंसिर २०८० मा तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको सरकारले उनलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।

स्वास्थ्य बीमा बोर्डले अस्पतालहरुको प्रिमियम वापतको तिर्ने पैसा नभएको भन्दै सरकारसँग यस आर्थिक वर्षको एकमुष्ट अनुदान माग गरेको थियो । सो विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्री र मन्त्रालय सकारात्मक नभएपछि उनले राजीनामा दिएको निकट स्रोतले जानकारी दियो ।

डा. लोहनीलाई राजीनामा दिएको विषयमा जानकारी लिन पटक—पटक सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन् । तर, उनले आफ्नो फेसबुक पेजमा भने ‘जिम्मेवारीबाट भाग्नु सामाजिक बेइमानी हो । तर, अहिलेका लागि ………’ लेखेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ