बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने

काठमाडौं—बंगलादेशका विभिन्न मेडिकल कलेजमा एमबीबीएस र बिडिएस अध्ययनरत विद्यार्थीले अब बंगलादेशमै इन्टर्न गर्नुपर्ने भएको छ । बुधबार शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयले एक सूचना प्रकाशित गर्दै बंगलादेशमा अध्ययनरत मेडिकल कलेजले तोकेकै ठाउँमा इन्टर्न गर्नुपर्ने जनाएको छ ।
बंगलादेशको सुरक्षा असहजताका कारण त्यहाँका विभिन्न मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरु स्वदेश फर्किएका थिए । त्यसपछि शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयले उनीहरुको बाँकी रहेको इन्टर्न नेपालमै गराउन सकिने नसकिने विषयमा परराष्ट्र मन्त्रालयलाई लेखी पठाएको थियो ।
परराष्ट्रले ढाकास्थित नेपाली दूतावासमार्फत बंगलादेश सरकारका विभिन्न निकायहरुसँग समन्वय गर्दा बंगलादेशका मेडिकल कलेजहरुमा अध्ययरनत विद्यार्थीहरुले सोही कलेजले तोकेको ठाउँमा अध्ययन इन्टर्न गर्नुपर्ने पत्र परराष्ट्रलाई पठाएको थियो । सोहीअनुसार शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयले बुधबार सूचना जारी गरेर जानकारी गराएको हो ।
धेरै पढिएका
- १ ‘स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मसँग पटक-पटक अन्याय गर्नुभएको छ’ : डा. संगीता
- २ प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ सम्झौता
- ३ वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने
- ४ बहिरोपनको समस्या विकराल बन्नुका कारणहरू, लक्षण र उपचार विधी
- ५ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान
- ६ नवनियुक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाद्वारा पदबहाली
- ७ बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत रक्त सञ्चार सेवालाई सहयोग
तपाईको प्रतिक्रिया दिनुहोस