२०८१ असोज २, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य मन्त्रालयका मातहतका निकायलाई जग्गा विवरण १५ दिनभित्र पठाउन निर्देशन

स्वास्थ्य मन्त्रालयका मातहतका निकायलाई जग्गा विवरण १५ दिनभित्र पठाउन निर्देशन

दुरुपयोग भएको पाइएमा सूचना दिन सर्वसाधारणलाई मन्त्रालयको आग्रह


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका निकायलाई स्वामित्वमा रहेका जग्गाको विवरण १५ दिनभित्र पेश गर्न निर्देशन दिएको छ । बुधबार मन्त्रालयले मातहतका विभाग, केन्द्र, अस्पताल, प्रयोगशालालाई पत्राचार गर्दै जग्गाको विवरण १५ दिनभित्र पठाउन भनेको हो ।

यसअघि मन्त्रालयकाअन्तर्गतका विभाग, केन्द्र, अस्पताल र प्रयोगशालाहरुको जग्गा संरक्षणका लागि मन्त्रालयले प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा समिति बनाएको थियो । उक्त समितिले अहिले काम गरिरहेको छ ।

मन्त्रालयअन्तर्गतका जग्गा दुरुपयोग भएको पाइएमा खबर गर्न पनि मन्त्रालयले सर्वसाधारणलाई आग्रह गरेको छ ।

‘मन्त्रालयअन्तर्गतका जग्गाको संरक्षण र उचित व्यवस्थापनका लागि मन्त्रालयबाट गरिएको प्रयासलाई सार्थक बनाउन सबै वर्ग/क्षेत्रको सहयोग उत्ति नै आवश्यक हुने भएकाले यस मन्त्रालयकाअन्तर्गतका निकायको नाममा रहेको जग्गा अतिक्रमण वा अन्य कुनै तरिकाले दुरुपयोग भएको पाइएमा सोको सूचना स्वयं मन्त्रालयमा आई वा पत्राचारद्वारा वा यस मन्त्रालयका शाखा अधिकृत बद्रीराज ढकालको मोबाइल नं. ९८५१२६४५५५ मा फोन गरी वा यस मन्त्रालयको इमेल ठेगानामा पठाइ सहयोग गरिदिनुहुन सम्बन्धित सबैमा नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय हार्दिक अनुरोध गर्दछ,’ मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जारी गरेको विज्ञप्तीमा छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ