२०८१ असोज २, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यका फाजिल कर्मचारी व्यवस्थापन कार्यविधी मन्त्रिपरिषदबाट स्वीकृत

स्वास्थ्यका फाजिल कर्मचारी व्यवस्थापन कार्यविधी मन्त्रिपरिषदबाट स्वीकृत


काठमाडौं–सरकारले संघ, प्रदेश र स्थानीय तहमा दरबन्दीभन्दा बढी रहेका फाजिल स्वास्थ्यकर्मी व्यवस्थापन कार्यविधी स्वीकृत गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारको कार्यविधी स्वीकृत गरेको हो ।

स्वास्थ्य मन्त्रालय स्रोतकाअनुसार कार्यविधीमा कुनै पनि पालिकामा बढी भएका वा पालिकाले व्यवस्थापन गर्न नसकेका स्वास्थ्यकर्मीलाई प्रदेश मुख्यमन्त्री कार्यालयको सहमतिमा एक पालिकाबाट अन्य पालिकामा पठाउन सक्ने अधिकार दिइएको छ ।

त्यसैगरी, प्रदेशमा फाजिलमा रहेका कर्मचारीलाई पनि प्रदेशभर कामकाजमा लगाउन सकिनेछ । केन्द्रमा रहेका फजिल कर्मचारीलाई संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यकता हेरी जुनसुकै निकायमा खटाउन सक्नेछ ।

हाल विभिन्न पालिकामा १ हजार ६१ जना कर्मचारी फाजिलमा रहेका छन् । प्रत्येक वर्ष दरबन्दी नभएको भन्दै उनीहरुको तलब भत्ता भुक्तानीमा समस्या हुँदै आएको छ ।

स्थानीय तह र प्रदेशमा खाटाएर बढी भएका कर्मचारीलाई बन्दै गरेका ५, १०, १५ शैय्याका अस्पताल संचालनका लागि पनि पठाउन सक्ने व्यवस्था स्वास्थ्य मन्त्रालयले प्रस्ताव गरेको थियो ।

प्रधानमन्त्री कार्यालय स्रोतकाअनुसार स्वास्थ्य मन्त्रालयले पठाएको फाजिल कर्मचारी व्यवस्थापन कार्यविधी संशोधनसहित पास भएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ