२०८१ असोज ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्थानीय तहका मेडिकल अधिकृत दरबन्दीका विशेषज्ञ चिकित्सकलाई प्रदेश अस्पतालमा काजमा खटाइने

स्थानीय तहका मेडिकल अधिकृत दरबन्दीका विशेषज्ञ चिकित्सकलाई प्रदेश अस्पतालमा काजमा खटाइने


काठमाडौं–सरकारले स्थानीय तहमा मेडिकल अधिकृतको दरबन्दीमा रहेका विशेषज्ञ चिकित्सकलाई प्रदेश अस्पतालमा काजमा खटाउने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहमा मेडिकल अधिकृतको दरबन्दीमा रहेका तर विशेषज्ञता हासिल गरेका चिकित्सकहरुलाई परिचालन गर्ने सम्बन्धी व्यवस्था स्वीकृत गरेको हो ।

स्वास्थ्य मन्त्रालय स्रोतकाअनुसार प्रदेश अस्पताल काजमा जाने चिकित्सकको दरबन्दीमा सम्बन्धित पालिका आफैले अर्को चिकित्सक राख्न सक्ने वा स्वास्थ्य सेवा विभागले छात्रवृत्ति करारको चिकित्सक पनि पठाउन सक्ने व्यवस्था गरिएको छ ।

स्थानीय तहबाट प्रदेश अस्पताल काजमा जाने चिकित्सकको हकमा सम्बन्धित पालिका र प्रदेश सरकार दुवैको सहमति हुनुपर्नेछ । काजमा जाने चिकित्सकको तलब भत्ता भने सम्बन्धित अस्पताल या प्रदेशले नै व्यहोर्नुपर्नेछ ।

स्वास्थ्य मन्त्रालयले मन्त्रिपरिषद्मा पठाएको प्रस्तावअनुसार विशेषज्ञ चिकित्सकको योग्यताअनुसार अर्को प्रदेशमा कामकाजमा जानुपर्ने भए केन्द्रीय स्वास्थ्य मन्त्रालयको स्वीकृत लिनुपर्ने व्यवस्था गरेको छ ।

स्थानीय तहमा समायोजन भएका अधिकांश मेडिकल अधिकृतहरु नेपाल सरकारको छात्रवृत्तिमै विशेषज्ञ चिकित्सक भइसकेका छन् । लामो समयदेखि आफ्नो विशेषज्ञताअनुसार काम गर्न नपाएको भन्दै स्वास्थ्य मन्त्रालयमा गुनासो गर्दै आएका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ