२०८१ पुस २६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य मन्त्रालयद्वारा स्वास्थ्यकर्मीको सुरक्षा सम्बन्धि कानुन संशोधन गर्न कानुनसँग राय माग

स्वास्थ्य मन्त्रालयद्वारा स्वास्थ्यकर्मीको सुरक्षा सम्बन्धि कानुन संशोधन गर्न कानुनसँग राय माग


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मी सुरक्षा सम्बन्धि कानुन संशोधन गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग राय माग गरेको छ । अस्पतालहरूमा उपचारका शिलशिलामा चिकित्सकहरुमाथि हुने आक्रमणबाट सुरक्षाका लागि भन्दैं स्वास्थ्यले कानुन संशोधनका लागि कानुन मन्त्रालयसँग राय माग गरेको हो ।

स्वास्थ्य मन्त्रालय स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धि कानुन संशोधनको तयारीमा छ । यसका लागि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी विधेयक दोस्रो संशोधनको मस्यौदा गरेको मन्त्रालयले कानुन मन्त्रालयसँग राय मागेको छ।

चिकित्सकहरूले उपचारकै क्रममा बेलाबखत आफूमाथि आक्रमण तथा धम्की आउने गरेको भन्दै सुरक्षा माग गर्दै आएका छन् ।

२७ साउनमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले घोषणा गरेको योजना तथा प्राथमिकतामा चिकित्सकको सुरक्षा सुनिश्चित गर्दै आवश्यक नीतिगत सुधार गर्ने उल्लेख थियो । सोहीअनुसार कानुन संशोधनको तयारी गर्दै मन्त्रालयले कानून मन्त्रालयसँग राय मागेको हो ।

संशोधन प्रस्ताव गरिएको व्यवस्थाले कार्यरत स्वास्थ्य केन्द्रमा चिकित्सक तथा स्वास्थ्यकर्मी माथि हातपात भएमा तत्काल गैर जमानती गिरफ्तार (जेल विदआउट बेल) गर्नेसम्मको प्रावधान समेटिएको छ । कानुनबाट राय प्राप्त भएपछि मन्त्रालयले विधेयकको प्रक्रिया अघि बढाउनेछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ