चिकित्सा शिक्षाका स्नातक कार्यक्रमका लागि ८०७० सिट बाँडफाँड, एमबीबीएसका लागि २१४० सिट बाँडियो
राप्ती, पोखरा, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान र बीएण्डसीलाई एमबीबीएसमा ५०/५० सिट

काठमाडौं-चिकित्सा शिक्षा आयोगले आगामी शैक्षिक सत्रका लागि चिकित्सा शिक्षा कार्यक्रमको स्नातक तहका लागि सिट बाँडफाँड गरेको छ । ३२ साउनको निर्णयअनुसार आयोगले चिकित्सा शिक्षाका स्नातकका तहका सबै कार्यक्रमका लागि पब्लिक र निजी शिक्षण संस्थाहरुलाई ८ हजार ७० सिट बाँडफाँड गरेको हो ।
एमबीबीएसतर्फ आयोगले २ हजार १४० सिट बाँडफाँड गरेको छ, जुन गत शैक्षिक सत्रको तुलनामा २ सय १५ सिट बढी हो । तर, सरकारी र निजी शैक्षिक संस्थाहरुले एमबीबीएसका लागि २ हजार ६२० सिट माग गरेका थिए ।
आयोगले पहिलोपटक एमबीबीएसतर्फ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ५०/५० सिट दिइएको छ ।
यसैगरी, दुर्गा प्रसाईंको झापास्थित बीएण्डसी मेडिकल कलेजले पनि ५० सिट पाएको छ ।
एमबीबीएसतर्फ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ६५ सिट दिइएको छ भने महाराजजंग मेडिकल क्याम्पस, युनिभर्सल मेडिकल कलेज, नोबेल मेडिकल कलेज, नेपालजंग मेडिकल कलेज, नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान, नेपाल मेडिकल कलेज, नेशनल मेडिकल कलेज, मणिपाल मेडिकल कलेज, लुम्बिनी मेडिकल कलेज, केयु स्कुल अफ मेडिकल साइन्सेज, किष्ट मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज, गण्डकी मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेज, चितवन मेडिकल कलेज, विराट मेडिकल कलेज र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले १००/१०० सिट पाएका छन् ।
यसैगरी, देवदह मेडिकल कलेजले ७५ सिट, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जानकी मेडिकल कलेजले ५०/५० सिट एमबीबीएस अध्यापन गराउने अनुमति पाएका छन् ।
कसले कति सिट पाए ?
धेरै पढिएका
- १ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो
- २ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान
- ३ प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ सम्झौता
- ४ क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह
- ५ फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ?
- ६ हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा
- ७ सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त
तपाईको प्रतिक्रिया दिनुहोस