लिटेररी फेस्टिवलमा सुर्य नेपाललाई मुख्य प्रायोजक बनाएकामा कारवाहीका लागि स्वास्थ्य मन्त्रालयको पत्र

काठमाडौं–सुर्य नेपाल काठमाडौं कलिङ लिटेररी फेस्टिवल–२०२४ को कानुन विपरित सूर्ति उद्योगको मुख्य प्रायोजक रहेको भन्दैं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक कारवाहीका लागि पत्राचार गरेको छ । बिहीबार स्वास्थ्य कर कोषले कानुनमा सूर्तिजन्य पदार्थ उत्पादकले विज्ञापन तथा प्रायोजन गर्न नपाउने व्यवस्था रहेको उल्लेख गर्दै प्रमुख जिल्ला अधिकारी र ललितपुर महानगरपालिकालाई पत्राचार गरेको हो ।
सुर्य नेपाल मुख्य प्रायोजक भएर २२ र २३ भदौंमा होटल हिमालयमा उक्त लिटेररी फेस्टिबल हुँदैंछ । कर कोषका सदस्य सचिव गोपीकृष्ण रेग्मीले विभिन्न संचारमाध्यमा उक्त समाचार आएको भन्दैं जानकारी तथा आवश्यक कारवाहीका लागि प्रमुख जिल्ला अधिकारी र ललितपुर महानगरलाई पत्राचार गरेको जनाएका छन् ।
कानुनले जिल्लाका हकमा सहायक प्रमुख जिल्ला अधिकारी र स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतलाई सूर्तिजन्य पदार्थ उत्पादन गर्ने उत्पादकले कानुन व्यवस्थाहरु पालना गरे नगरेको अनुगमन गर्ने निरिक्षक तोकेको छ ।
धेरै पढिएका
- १ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो
- २ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान
- ३ प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ सम्झौता
- ४ क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह
- ५ फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ?
- ६ हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा
- ७ सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त
तपाईको प्रतिक्रिया दिनुहोस