२०८१ भदौ ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारतीन प्रादेशिक अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार

तीन प्रादेशिक अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार

सेती प्रादेशिक अस्पताल र विपी कोइराला क्यान्सर अस्पतालबीच उपचार सेवा सम्बन्धि सम्झौता


काठमाडौं—सेती प्रादेशिक अस्पतालमा क्यान्सर उपचार सेवा सुरु हुने भएको छ । अस्पतालमा क्यान्सर उपचार सेवा सुरु गर्न चितवनको भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सघाउने भएको हो ।

बुधबार अस्पतालमा यस सम्बन्धमा दुवै अस्पतालबीच सम्झौता भएको छ । विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका तर्फबाट कार्यकारी निर्देशक डा. शिवजी पौडेल तथा सेती प्रादेशिक अस्पतालका तर्फबाट प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. शेरबहादुर कमरले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

यसअघि यस्तो सेवाका लागि विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका तर्फबाट सुर्खेत प्रादेशिक अस्पताल तथा कोशी प्रदेश अस्पतालसँग सम्झौता भइसकेको छ । यससँगै तीन प्रादेशिक अस्पतालमा सेवा सुरु भएको हो ।

गण्डकी र मधेश प्रदेशमा समेत यो सेवा चाँडै विस्तार गर्ने तयारी भइरहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले ३१ असारमा पदभार सम्हालेसँगै राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति २०२४–३० स्वीकृत गरेका थिए । जसले क्यान्सर उपचार सेवालाई सात वटै प्रदेशमा विस्तार गर्ने लक्ष्य बोकेको थियो ।

त्यसलगत्तै २७ साउनमा आफ्नो योजना तथा प्राथमिकता सार्वजनिक गर्दा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सातै प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार गर्ने घोषणा गरेका थिए ।

सेतीसँग क्यान्सर उपचार सेवा उपलब्ध गराउने सम्झौतासँगै विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले आफ्नो जिम्मामा रहेका अस्पतालमा विस्तारित उपचार सेवाको सम्झौता गरेर उपचार सेवा आरम्भ गरेको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ