२०८१ भदौ ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसरकारी अस्पतालका निर्देशकले दिए नर्भिकको फुलटाइम ट्रान्सप्लान्ट सर्जनबाट राजीनामा

सरकारी अस्पतालका निर्देशकले दिए नर्भिकको फुलटाइम ट्रान्सप्लान्ट सर्जनबाट राजीनामा


काठमाडौं–नर्भिक अस्पतालको पूर्णकालीन मिर्गौला प्रत्यारोपण सर्जनसमेत रहेका सुर्यविनायक नगर अस्पतालका कार्यकारी निर्देशक डा. राकेश बर्माले नर्भिकसँग करार नवीकरण नगर्ने भएका छन् ।

३१ साउनमा डा. बर्माले नर्भिक अस्पताललाई पत्र लेख्दैं २ भदौंदेखि करार नवीकरण नगरिदिन भनेका हुन् । नर्भिक अस्पताल स्रोतबाट प्राप्त डा. बर्माको राजीनामा पत्रमा नर्भिकसँग आफ्नो कुनै संलग्नता नरहेको क्लियरेन्स लेटरसमेत माग गरिएको छ ।

वि.सं. २०७९ मंसिरबाट नर्भिकमा पूर्णकालीन मिर्गौला प्रत्यारोपण सर्जनका रुपमा काम गरिरहेका डा. बर्मा भक्तपुरस्थित सुर्यविनायक नगर अस्पतालको कार्यकारी निर्देशक पनि रहेको विषयमा हेल्थआवाजले समाचार प्रकाशन गरेको थियो ।

सरकारी अस्पतालको कार्यकारी निर्देशक रहेर निजी अस्पतालमा पूर्णकालीन चिकित्सक पनि भएको विषय उठेपछि नर्भिक अस्पतालको मिर्गौला प्रत्यारोपण अनुमति प्रक्रिया पनि अन्यौलमा छ ।

सरकारी अस्पतालको कार्यकारी निर्देशक भएर निजीमा पनि पूर्णकालीन चिकित्सक भएर काम गरेको भन्दै डा. बर्मामाथि सुर्यविनायक नगरपालिकाले पनि प्रश्न उठाएको थियो । नगरपालिकाले प्रश्न उठाएपछि उनले नर्भिकसँगको सम्बन्ध नरहेको पत्र बनाइदिनसमेत अनुरोध गरेका हुन् ।

डा. बर्माले करार नवीकरण नगर्नेबारेको पत्रमा भने समय अभाव र व्यक्तिगत कारण देखाइएको छ ।

नर्भिकबाट डा. बर्माको राजीनामासँगै मिर्गौला प्रत्यारोपणका लागि अब अर्को प्रत्यारोपण सर्जन खोज्नुपर्ने बाध्यता नर्भिकलाई आइपरेको छ । नर्भिकको मिर्गौला प्रत्यारोपणको अवधि यही हप्ता सकिदैंछ ।

यो पनि पढ्नुहोस्

सरकारी अस्पतालका निर्देशक नर्भिकका फुलटाइम ‘ट्रान्सप्लान्ट सर्जन’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ