२०८१ भदौ ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशसुर्खेत अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार

सुर्खेत अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार

विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र सुर्खेत अस्पतालबीच सेवा विस्तार सम्बन्धि सम्झौता


काठमाडौं—सुर्खेत प्रादेशिक अस्पतालमा क्यान्सर उपचार सेवा सुरु हुने भएको छ । मंगलबार विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले सुर्खेत प्रादेशिक अस्पतालमा सेवा विस्तार गर्ने सम्झौता गरेको छ ।

यससँगै सुर्खेतमा समेत क्यान्सर उपचार सुरु हुने निश्चित भएको हो । विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका तर्फबाट कार्यकारी निर्देशक डा. शिवजी पौडेल तथा सुर्खेत प्रादेशिक अस्पतालका तर्फबाट निर्देशक डा. डम्बर खड्काले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सम्झौतामा विपी कोइराला मेमोरियल अस्पतालले सुर्खेत प्रादेशिक अस्पतालमा बहिरंग, अन्तरंग तथा उपचार समेटेर सेवा प्रदान गर्नुपर्ने उल्लेख छ । यसैगरी, सुर्खेत प्रादेशिक अस्पतालले भने आवश्यक पूर्वाधारको व्यवस्था गर्नुपर्ने सम्झौतामा छ ।

यसअघि यस्तो सेवाका लागि कोशी प्रदेश अस्पतालसँगसमेत विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट सम्झौता भइसकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले ३१ असारमा पदभार सम्हाल्दा राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति २०२४–३० स्वीकृत गरेका थिए । जसले क्यान्सर उपचार सेवालाई सातवटै प्रदेशमा विस्तार गर्ने लक्ष्य बोकेको थियो ।

त्यसलगत्तै गत साउन २७ गते आफ्नो योजना तथा प्राथमिकता सार्वजनिक गर्दा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सातै प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार गर्ने घोषणा गरेका थिए ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ