२०८१ भदौ ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशबाँकेको नरैनापुरमा ४ जनाको मृत्यु, कारण खोज्दैं स्वास्थ्यकर्मी

बाँकेको नरैनापुरमा ४ जनाको मृत्यु, कारण खोज्दैं स्वास्थ्यकर्मी


नेपालगन्ज—बाँकेको नरैनापुरमा गाउँपालिका—३ गेगलगाँउका ४ जनाको मृत्यु भएको छ । नरैनापुर गाँउपालिका—३ मा एउटै घरका ३ जना र अन्य एक जनासहित ४ जनाको मृत्यु भएको हो ।

उनीहरूमध्ये २ जना भारतबाट उपचार गरेर फर्केपछि र बाँकी दुईजनाको नरैनापुरमा उपचार गर्दागर्दै मृत्यु भएको थियो । मृतक सबैमा उच्च ज्वरो आएको थियो ।

मृत्यु हुनेमा ३६ वर्षीया उषादेवी पासवान, १ वर्षीय नन्दनी पासवान, ७२ वर्षीया शान्ति देवी र १२ वर्षीय सुखिया अलिशेष रहेका छन् । उषा र शान्तिको १४ गते र नन्दनी र सुखियाको आइतबार मृत्यु भएको पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगतबहादुर शाहीले जानकारी दिए ।

स्वास्थ्यकर्मीको टोली स्थलगत अध्ययन गरेर नेपालगन्ज फर्किएको छ । ती ४ जनाको झाडापखालाबाट मृत्यु भएको हो वा विषाक्त खानाबाट मृत्यु भएको हो त्यसबारे थप अनुसन्धान भइरहेको प्रमुख शाहीले बताए ।

गाउँमा अन्य १५ जना पनि बिमारी छन् । उनीहरुमा अन्य रोगको संक्रमण पनि हुन सक्ने अनुमान गरिएको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ