२०८१ पुस २६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रवेश परीक्षाको उत्तरपुस्तिका हेर्न पाउनुपर्ने भन्दैं विद्यार्थीहरु आन्दोलनमा

प्रवेश परीक्षाको उत्तरपुस्तिका हेर्न पाउनुपर्ने भन्दैं विद्यार्थीहरु आन्दोलनमा

आयोगको त्रुटिका कारण एकीकृत प्रवेश परीक्षा बन्यो विवादित


काठमाडौं–चिकित्सा शिक्षा आयोगले यस वर्षका लागि लिएको एकीकृत प्रवेश परीक्षाको परीक्षाफल चित्त नबुझेको भन्दैं परीक्षार्थीहरुले उत्तरपुस्तिका हेर्न पाउनुपर्ने मागसहित आन्दोलन सुरु गरेका छन् । आइतबार परीक्षामा नाम निस्किएका ७५ जना बढी विद्यार्थीले परीक्षाफलमा चित्त नबुझेको भन्दै चिकित्सा शिक्षा आयोगमा उत्तरपुस्तिका हेर्न पाउँ भन्दै निवेदन दिएका हुन् ।

आयोगले सो निवेदनमा कुनै सुनुवाई नगरेको भन्दै सोमबार १०० बढी विद्यार्थीले माइतीघरमा प्रदर्शन गरिरहेका छन् । विद्यार्थीहरुले एमबीबीएस इन्ट्रान्स परीक्षामा ‘सी’ सेटमा सोधिएको प्रश्न र त्यसको उत्तर पुस्तिका जाँच गर्ने सिस्टममा नै गडबड भएको हुन सक्ने आरोप लगाएका छन् । ‘अधिकांश ‘सी’ सेटको परीक्षा दिने विद्यार्थीको नम्बर कम आएको छ,’ एक विद्यार्थीले भने, ‘सो सेटको १७५ वटा मिलाउने फेल भएका छन् ।’

सर्वोच्च अदालतले १९ असार २०७९ मा चिकित्सा शिक्षा आयोगलाई विद्यार्थीले चाहेमा उत्तर पुस्तिका हेर्न दिन निर्देशनात्मक आदेश जारी गरेको थियो । विद्यार्थीहरुले सोही आदेशअनुसार आफूहरुले उत्तर पुस्तिका हेर्न पाउनुपर्ने माग गरेको आन्दोलनमा सहभागी विद्यार्थी जिभन सिंहले बताए । ‘सर्वोच्चको आदेशअनुसार हामीले निवेदन दिएका हौं,’ उनले भने, ‘आयोगले यो विषमा सुनुवाई नगरेपछि आन्दोलन सुरु गरेका हौं ।’

उत्तरपुस्तिका हेर्न पाउनुपर्ने भन्दैं आयोग विरुद्ध दुई वर्षअघि ३० विद्यार्थीले रिट हालेका थिए । सो रिटको सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीसद्वय बमकुमार श्रेष्ठ र नहकुल सुवेदीको संयुक्त इजलासले उत्तरपुस्तिका विद्यार्थीलाई हेर्न दिन निर्देशनात्मक आदेश दिएको थियो ।

यस वर्षको चिकित्सा शिक्षाको स्नातकतर्फको एकीकृत प्रवेश परीक्षाको बिपीएचको परीक्षाफल प्रकाशित गर्दा सुरुमा प्रकाशित परीक्षाफल त्रुटि रहेको भन्दै आयोगले पुनः सच्याएर परीक्षाफल प्रकाशित गरेको छ ।

शनिबार बेलुका प्रकाशित सो परीक्षाफलमा नाम र सिम्बोल नम्बर फरक परेपछि आयोगले लिष्ट सच्याएको थियो । त्यसरी सच्याउँदा झण्डै ३ हजार विद्यार्थीको नतिजा फरक परेको छ । आयोगका उपाध्यक्ष डा. अञ्जनीकुमार झाले एक जना विद्यार्थीको नाम र सिम्बोल नम्बर फरक परेको र त्यसलाई सच्याउँदा क्रम संख्या फरक परेको तर नतिजामा भने कुनै परिर्वतन नभएको बताए ।

‘एउटा परीक्षाफल प्रकाशित गर्दा टेक्नीकल समस्या देखिएको रहेछ । त्यो मिलाउँदा क्रम संख्या सरेको हो,’ उनले भने, ‘अरु केही समस्या छैन । उनीहरुको नम्बरमा कुनै फरक परेको छैन ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ