योगको माध्यमबाट नेपाललाई संसारमा चिनाउन सकिन्छ : सभामुख

काठमाडौं–सभामुख देवराज घिमिरेले योगको माध्यमबाट नेपाललाई संसारमा चिनाउन सकिने बताएका छन् । शुक्रबार जीवन विज्ञान प्रतिष्ठानको आयोजनामा भएको स्वजागरण कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले नेपाल योगका लागि जन्मभूमि रहेको समेत उल्लेख गरे ।
‘मानिसहरूलाई आध्यात्मिक रूपमा अघि बढ्न, आन्तरिक खुसी र शान्तिपूर्ण जीवनका लागि योग जरुरी छ,’ उनले भने, ‘हामीले योगको प्रचार गरेर संसारमा चिनिन सक्छौं ।’ ऋषिमुनिहरू र वुद्धको तपोभूमि नेपाललाई विश्वमाझ आध्यात्मिक केन्द्रको रूपमा स्थापित गर्न सकिने उनको भनाइ थियो ।
मानिसको मूल स्वभाव स्वस्थ्य, खुसी, साहस, प्रेम, ज्ञान, ध्यान र आनन्द रहेको बताउँदै सभामुख घिमिरेले योगले आफ्नो आन्तरिक क्षमता जगाएर व्यवहारिक रूपमा समस्याहरूलाई समाधान गर्न सक्ने बनाउने उल्लेख गरे ।
उनले योग दिनचर्याको रुपमा नै गर्नुपर्नेमा जोड दिए । सर्वोच्च विधायिकी संस्था संघीय संसदका माननीयज्यूहरुमा स्वजागरण कार्यक्रमले सकारात्मक ऊर्जा प्रदान गरेको सभामुखको भनाइ छ । संघीय संसदका सदस्यहरूका लागि आयोजना गरिएको योगाभ्यास सम्बन्धीको स्वजागरण कार्यक्रमको उदघाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।
धेरै पढिएका
- १ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो
- २ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान
- ३ प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ सम्झौता
- ४ फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ?
- ५ क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह
- ६ हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा
- ७ सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त
तपाईको प्रतिक्रिया दिनुहोस