२०८१ पुस २६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारविद्यका संचालक भिमकान्त विरुद्धको मुद्धामा विशेषको फैसला पुनरावलोकन माग गर्दै सर्वोच्चमा अख्तियार

विद्यका संचालक भिमकान्त विरुद्धको मुद्धामा विशेषको फैसला पुनरावलोकन माग गर्दै सर्वोच्चमा अख्तियार


काठमाडौं—विद्य ल्याब (विद्य) म्यानेजमेन्ट प्रा.लि.का तत्कालीन प्रमुख गैरकानुनी सम्पत्ति आर्जन सम्बन्धि विशेष अदालतको फैसला पुनरावलोकनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको छ । बुधबार अख्तियारले गैर कानुनी सम्पत्ति आर्जन सम्बन्धि मुद्धामा माग दावी नपुग्ने भन्दैं विशेषले गरेको फैसला पुनरावलोकनको माग गर्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो ।

३ असार २०७९ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका झापाका पूर्व वरिष्ठ व्यवस्थापन सहायक भण्डारी विरुद्ध ६ करोड बढीको भ्रष्टाचार मुद्धा दायर भएको छ । २०७३ असोज २१ मा वरिष्ठ व्यवस्थापन सहायक पदबाट सरकारी सेवा प्रवेश गरेका उनले १ साउन २०७७ सालमा स्वेच्छिक अवकास लिएका थिए ।

सरकारी जागिरमा प्रवेश पूर्वको सम्पत्ति, सेवामा प्रवेश गरेदेखि २०७८ पुससम्म भण्डारीले कमाएको सम्पत्तिमाथि, उनकी श्रीमतीको पारिश्रमिक बचत, कर्मचारी संचय कोषबाट लिएको ऋणसमेत गरी उनले २६ लाख ६१ हजार ३ सय ३६ रुपैयाँ कमाएको अख्तियारले जनाएको छ । तर, भण्डारीले यो अवधिमा जग्गा खरिद, विभिन्न बैक तथा हाइडोपावर कम्पनीको शेयर खरिद र विभिन्न बैंकमा समेत रहेको नगद मौज्दात गरी ६ करोड ५० लाख ६५ हजार ६ सय ४२ रुपैयाँ खर्च तथा लगानी गरेको अख्तियारको अनुसन्धानबाट देखिएको छ ।

अख्तियारले भण्डारीले कमाएको २६ लाख ६१ हजार ३ सय ३६ रुपैयाँ उनको कुल सम्पत्ति ६ करोड ५० लाख ६५ हजार ६ सय ४२ बाट घटाउँदा आउने रकम ६ करोड २४ लाख ४ हजार ६ गैरकानुनी रुपमा आर्जन गरेको ठहर गरेको छ । सार्वजनिक सेवाको पदमा बहाल रहँदा गैरकानुनी सम्पत्ति आर्जन गरी अमिल्दो अस्वभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि भएको भन्दै अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार उनीबाट ६ करोड २४ लाख ४ हजार बिगो तथा कैद सजायको माग गर्दै मुद्धा दायर गरेको थियो ।

अख्तियारले दायर गरेको उक्त मुद्धामा २१ कात्तिक २०८० मा सुनुवाई गर्दै विशेष अदालतले भण्डारी सार्वजनिक सेवामा प्रवेश गरेको मिति २०७३/०६/२१ देखि स्वेच्छिक अवकास लिएको २०७७/०४/०१ सम्मलाई मात्र जाँच अवधि कायम गरी आय व्ययका शीर्षकहरुका अंक गणना गर्नुपर्ने भएकाले वादी दावी नपुग्ने फैसला गरेको थियो । उक्त फैसला पुनरावलोकनको माग गर्दै अख्तियार बुधबार सर्वोच्च गएको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ