२०८१ पुस २६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्रोत साधनसहित ७५३ वटा अस्पतालमा उपचारको व्यवस्था गर्न सांसद खतिवडाको माग

स्रोत साधनसहित ७५३ वटा अस्पतालमा उपचारको व्यवस्था गर्न सांसद खतिवडाको माग


काठमाडौं—नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ७५३ वटै स्थानीय तहमा साधन स्रोतसहितका अस्पताल बनाएर उपचारको व्यवस्था गर्न माग गरेका छन् । मंगलबार प्रतिनिधीसभाको बैठकमा बोल्दैं उनले यस्तो माग गरेका हुन् ।

उनले स्थानीय तहमा एकै पटक उद्घाटन गरेका ६५७ अस्पताल अझै बन्न नसकेको भन्दैं असन्तुष्टि व्यक्त गरे । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ साल मंसिरमा ६५७ स्थानीय तहमा निर्माण हुने ५, १० र १५ शैय्याका आधारभूत अस्पतालहरुको उद्घाटन गरेका थिए ।

‘२०७७ साल मंसिर १५ गते जस्तो लाग्छ देशका ७५३ स्थानीय तहहरुमध्ये ६५७ मा अस्पतालहरुको शिलान्यास भयो । आज धेरै अस्पतालहरु बनेका छैनन्,’ सांसद खतिवडाले भने, ‘शिलान्यास भएका ठाउँमा मूर्ति स्थापना भएको छ, अस्पताल बनेका छैनन् ।’

उनले बनेको ठाउँमा भवन बनेको भएपनि इक्वीपमेन्ट र दक्ष जनशक्ति नभएको बताए । ‘जनतामा एउटा आशाको दियो पलाएको थियो, त्यो निभेर गएको छ,’ खतिवडाले भने ।

सांसद खतिवडाले दुर्गम ठाउँबाट बिरामी ल्याउनुप¥यो भने हेलिकप्टरको व्यवस्था गर्नुपर्ने अवस्था रहेको उल्लेख गरे । ‘यो अवस्थामा सम्पूर्ण देशका ७५३ वटा अस्पताल इक्वीपमेन्टसहितको उपचार गर्ने व्यवस्था सरकारसँग होस् भनेर अनुरोध गर्न चाहन्छु सभामुख महोदय,’ उनले भने ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ