२०८१ पुस २६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएनएमए अध्यक्ष डा कार्की एसिया र एसियाना चिकित्सक महासंघको इलेक्टेड प्रेसिडेन्ट

एनएमए अध्यक्ष डा कार्की एसिया र एसियाना चिकित्सक महासंघको इलेक्टेड प्रेसिडेन्ट


काठमाडाै- नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा अनिल कार्की एसिया र एसियाना देशहरुको चिकित्सक संघहरूको महासंघको इलेक्टेड चेयर भएका छन् । फिलिपिन्सको मनिलामा भएको महासंघको ३८ औ साधारणसभा र ५९ औ बैठकले डा कार्कीलाई आगामी २०२५ पछिको अध्यक्षमा चुनेको हो ।
एसिया र एसियानाका १६ देशका मेडिकल एसोसिएसन सदस्य रहने सो महासंघमा नेपालले पहिलोपटक अध्यक्षता गर्ने अवसर पाएको डा कार्कीले जानकारी दिए ।

उनले आगामी वर्षमा महंसको साधारणसभा तथा वैठक नेपालमा हुने र त्यसपछि एक वर्षका लागि सो महासंघको अध्यक्षता नेपालले गर्ने बताए । ‘एसिया तथा एसियना राष्ट्रहरुको नेतृत्व गर्ने नेपालले पहिलोपटक अवसर पाएको छ ।’ डा कार्कीले भने ‘आगामी वर्ष ह्ने ६० औ साधारणसभा नेपालमा गर्नेछौ र त्यसपछि चेयर पनि हामी गर्नेछौ ।’

डा कार्कीका अनुसार यस वर्षको एसेम्लीको विषय यस क्षेत्रका महिला स्वास्थ्यकर्मीका विषयमा रहेको थियो । आगामी वर्ष नेपालले कुन थिममा कार्यक्रम गर्ने त्यसको टुंगो भने लागिनसकेको उनले बताए ।

२४ देखी २६ अगष्टमा मनिलामा भएको साधारणसभामा अध्यक्ष कार्कीले नेपालका महिला चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको विषयमा प्रस्तुती दिएका थिए । महासंघका महासचिव डा सञ्जिव तिवारीले समग्र नेपालको चिकित्सकहरुको अवस्थाको वारेमा प्रस्तुती दिएका थिए ।
एसिया र एसियना महासंघमा नेपाल, भारत बंगालादेश, ताइवान, पाकिस्तान, अष्ट्रेलीया, म्यानमार, टर्की लगायतका १८ देशका चिकित्सक संघ सदस्य रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ