२०८१ माघ ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त २३ भदौंमा

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त २३ भदौंमा

स्नातक र स्नातकोत्तर तहका ५६ जना विद्यार्थी दीक्षित हुने


जुम्ला—कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अध्ययनरत ५६ जना विद्यार्थी दिक्षित हुने भएका छन् । २३ भदौंमा प्रतिष्ठानको दीक्षान्त समारोहमा उनीहरु दीक्षित हुन लागेका हुन् ।

प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओली दीक्षान्त समारोहको प्रमुख अतिथीका रुपमा जुम्ला आउने कार्यक्रम छ ।

प्रतिष्ठानमा स्नातक र स्नातकोत्तर तहका गरी कुल ५६ जना विद्यार्थी दीक्षित हुनेछन् । प्रतिष्ठानबाट जनस्वास्थ्य, नर्सिङ, चिकित्साशास्त्र विषयका स्नातक र स्नातकोत्तर तह गरी ५६ विद्यार्थी पास आउट भएको शिक्षाध्यक्ष डा. डबल धामीले बताए ।

स्नातकतर्फ बीपीएचमा पहिलो र दोस्रो ब्याच गरी ३८ जना, बीएमएसमा दुई ब्याचको १३ जना र स्नातकोत्तरतर्फ एमडीजीपीमा ३ जना, एमडी एनेस्थेसियामा एक जना, एमडी पेडीयाट्रिक्समा एक जना गरी ५ जनासहित जम्मा ५६ जना पास आउट भएको प्रतिष्ठानका परीक्षा शाखा प्रमुख नृपेश बुढथापाले बताए ।

स्थापनाको १३ वर्षपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रथम दीक्षान्त समारोहको आयोजना गर्न थालेको उपकुलपति डा. मंगल रावलले बताए । ‘अहिले हामी दीक्षान्त समारोहको तयारीमा जुटेका छौं । दीक्षान्त समारोहका लागि कुलपति एवं प्रधानमन्त्रीले स्वीकृत गरिसक्नु भएको छ ।’

सोही अवसरमा प्रधानमन्त्री ओलीले प्रतिष्ठानको अत्याधुनिक शैक्षिक भवनको समेत उद्घाटन गर्ने तयारी भइरहेको प्रतिष्ठानका रजिस्ट्रार नृपेन्द्र महतले बताए । २३ भदौको दीक्षान्त समारोहमा प्रधानमन्त्री ओलीसँगै सहकुलपति समेत रहेका स्वास्थ्यमन्त्री प्रदीप पौडेल पनि सहभागी हुन जुम्ला आउने छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ