२०८१ पुस २६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडा. गोविन्द केसीले सारे ६ बुँदे माग, माग पूरा नभए जुनसुकै बेला सत्याग्रह सुरू गर्ने चेतावनी

डा. गोविन्द केसीले सारे ६ बुँदे माग, माग पूरा नभए जुनसुकै बेला सत्याग्रह सुरू गर्ने चेतावनी


काठमाडौं—प्रा.डा. गोविन्द केसीले ६ बुँदे माग अघि सारेका छन् । शुक्रबार एक विज्ञप्ती जारी गर्दै उनले आफ्ना मागहरु शीघ्र पूरा नभएमा जुनसुकै बेला सत्याग्रहसहितका कार्यक्रम सुरु गर्ने चेतावनी दिएका छन् ।

डा. केसीले चिकित्सा शिक्षा ऐन र नियमावलीका कतिपय कुरालाई निष्प्रयोजित हुने र संवैधानिक इजलासको क्षेत्राधिकार मिचेर सर्वोच्च अदालतका संयुक्त इजलास गरेका फैसलाका पुनरावलोकन गर्न माग गरेका छन् ।

निर्मला कुर्मीको हत्याका मुख्य आरोपी बादशाह कुर्मीलालाई मन्त्री पदबाट हटाउन, नक्कली प्रमाणपत्र सम्बन्धि कसुरमा मेडिकल कलेज व्यवसायी तथा सांसद सुनिल शर्मामाथि कारवाही गर्न, सबै नेपालीलाई निःशुल्क औषधि उपचारको व्यवस्था गर्न पनि डा. केसीले माग गरेका छन् ।

यसैगरी, उनले विगतमा सरकारले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रका सुधारका विषयमा भएका सम्झौताको कार्यन्वयन गर्न र सशस्त्र द्वन्द्वका क्रमा भएका मानवताविरोधी जघन्य अपराध र युद्ध अपराधका सबै दोषीलाई दण्डित गरी पीडितलाई न्याय र क्षतिपूथिर्त सुनिश्चित गर्न पनि माग गरेका छन् । ‘तथाकथित राजनीतिक सहमतिमा कुनै दोषीले उन्मुक्ति नपाउन,’ डा. केसीले भनेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ