२०८१ पुस २६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यमन्त्री पौडेलले प्रधानमन्त्री ओलीलाई बुझाए १०० दिनमा गर्ने १० काम

स्वास्थ्यमन्त्री पौडेलले प्रधानमन्त्री ओलीलाई बुझाए १०० दिनमा गर्ने १० काम


काठमाडौ–स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्रालयले १०० दिनमा गर्ने १० बटा कामको कार्ययोजना पठाएका छन् ।

प्रधानमन्त्री वलीले दुई साता अघि सबै मन्त्रालयका मन्त्री र सचिवलाई राखेर १०० दिनमा मन्त्रालयले गर्ने ५ बटा काम तय गर्न लगाएका थिए । सोही अनुसार मन्त्री पौडेल र मन्त्रालयले १० बटा कामको सूची प्रधानमन्त्री कार्यलय पठाएको हो ।

सोही कार्ययोजना अनुसार प्रधानमन्त्री कार्यालयले मन्त्री र सचिवहरुसँग कार्यसम्पादन सम्झाैता गर्दैछन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतबाट उपलब्ध भएका सय दिनमा गर्ने १० कामको सूचीमा स्वास्थ्य मन्त्री पौडेलले यस अघि अस्पतालको सेवा सुधारको लागि माग गरेको ९ बुँदे कार्ययोजनाका विषय, बुधवार स्वीकृत भएको क्यान्सर रोग उपचार विस्तार कार्यविधि, गेटामा अन्तरंग)ग सेवा संचालन गर्ने, वीरमा बर्न बाड स्थापना लगायत रहेका छन् । यिनै बुधामा आधारित भएर बिहिवार प्रधानमन्त्री वलीले स्वास्थ्य मन्त्री पौडेल र मन्त्रालयका सचिवसँग कार्यसम्पादन सम्झौता गर्दैछन् ।

१ अस्पतालको लाइन व्यवस्थापन, दुई सिफ्टमा ओपीडी संचालन र शल्यक्रियाको अधिकतम समय दुई सातामा झार्ने लगायत

२ त्यसैगरी प्रदेश प्रदेशका १÷१ संद्धिय अस्पतालबाट क्यान्सर उपचार सेवा सुरु गर्ने ।

३गेटा अस्पताल कैलालीबाट अन्तरंग सेवा सुरु गर्ने ।

४ सिंहदरवार वैद्यखानाबाट कम्तिमा २० बटा औषधी उत्पादन सुरु गर्ने, ।

५ वीर अस्पतालमा कृतिपुर अस्पतालको सहयोगमा छुट्टै वर्न बाड संचालन गर्ने ।

६ नवजात शिशुको स्कृनिङ्गकार्यक्रम प्रसुती तथा स्त्री रोग अस्पताल थापाथलीबाट सुरु गरी सवै संघिय अस्पतालमा लागु गर्न । अनिवार्य फिटल स्क्यान सेवा लागु गर्ने ।

७ गंगालाल हृदयरोग केन्द्रको सहयोगमा कम्तिमा एउटा प्रदेशबाट मुटु रोगको सेवा सुरु गर्ने ।

८ नागरिक आरोग्य कार्यक्रम प्रभावकारी बनाउने ।

९ शिक्षा मन्त्रालय, चिकित्सा शिक्षा आयोग संग समन्वय गरी स्वास्थ्य जनशक्ति प्रक्षेपण गर्ने ।

१० स्वास्थ्य गुणस्तर प्राधिकरण विधेयकको मस्यौदा तयार गर्ने ।

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ