२०८१ असोज २, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसरकारी अस्पतालका निर्देशक नर्भिकका फुलटाइम ‘ट्रान्सप्लान्ट सर्जन’

सरकारी अस्पतालका निर्देशक नर्भिकका फुलटाइम ‘ट्रान्सप्लान्ट सर्जन’


काठमाडौं—सुर्यविनायक नगर अस्पतालका कार्यकारी निर्देशक डा. राकेश बर्मा नर्भिक अस्पतालमा फुलटाइम ट्रान्सप्लान्ट सर्जन रहेको तथ्य फेला परेको छ । हेल्थअवाजालाई प्राप्त विवरणहरुमा डा. बर्मा सुर्यविनायक नगरपालिकाको स्वामित्वमा रहेको सुर्यविनायक नगर अस्पतालमा पूर्णकालीन कार्यकारी निर्देशक हुन् ।

भक्तपुर नगरपालिकाकी उपमेयर सरिता तिम्सिना (भट्टराई)ले ७ महिनाअघिदेखि अस्पतालको कार्यकारी निर्देशकमा डा. बर्मा रहेको बताइन् । ‘७ महिनादेखि डा. बर्मा नगर अस्पतालको कार्यकारी निर्देशक हुनुहुन्छ,’ उनले भनिन्, ‘उहाँलाई फुलटाइम कार्यकारी निर्देशकका रुपमा नियुक्त गरिएको हो ।’ पालिका स्रोतकाअनुसार उनको तलब १ लाख ५० हजार रुपैयाँ र सवारी साधन र इन्धन सुविधासमेत नगरपालिकाले उपलब्ध गराउँदैं आएको छ ।

नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अजयकुमार मिश्रले डा. बर्मा नर्भिकको पूर्णकालीन ट्रान्सप्लान्ट सर्जन रहेको बताए । ‘डा. बर्मा नर्भिक अस्पतालको पूर्णकालीन ट्रान्सप्लान्ट सर्जन हो,’ उनले भने, ‘विहान १—२ घण्टा भक्तपुरतिर कता सेवा दिनुहुन्छ भन्ने सुनेको छ ।’ मिश्रले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ पनि नर्भिकका पार्टटाइम प्रत्यारोपण सर्जन भएको जानकारी दिए ।

तस्विरः सुर्यविनायक नगर अस्पताल वेवसाइट

नर्भिक अस्पतालले मिर्गौला प्रत्यारोपण अनुमतिका लागि सरकारी निकायमा बुझाएका दस्तावेजहरुमा पनि डा. बर्मालाई नर्भिकले पूर्णकालीन युरो सर्जन रहेको देखिन्छ । तर, डा. पुकार भने नर्भिकको प्रत्यारोपण टिममा रहेको कुनै पनि सरकारलाई बुझाइएका विवरणहरुमा उल्लेख छैन ।

यस विषयमा बुझ्न हेल्थआवाजले डा. बर्मालाई पटक—पटक सम्पर्क गर्दा उनीसँग सम्पर्क हुन सकेन ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ