२०८१ पुस २६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यमन्त्री पौडेलको आग्रह : स्वास्थ्य बीमा सुधारको अपनत्व पार्टीले लिनुपर्छ

स्वास्थ्यमन्त्री पौडेलको आग्रह : स्वास्थ्य बीमा सुधारको अपनत्व पार्टीले लिनुपर्छ


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अघि सारेको स्वास्थ्य बीमा सुधार कार्यक्रमलाई पार्टीले अपनत्व लिइदिन आग्रह गरेका छन् । सोमबारको कांग्रेस केन्द्रीय समितिको बैठकमा बोल्दै आफूले आइतबार प्रस्ताव गरेको स्वास्थ्य बीमा सुधार कार्यक्रमको पार्टीले अपनत्व लिनुपर्ने बताएका हुन् ।

मन्त्री पौडेलले आफूले स्वास्थ्य बीमाको दायरा ५ लाख पु¥याउने र यसका लागि स्रोत सुनिश्चितता समेत गर्न सकिने उल्लेख गरे । उनले ४० अर्ब हाराहारीमा बीमाका लागि स्रोत जुटाउन सकिने दावी गरेका थिए ।

‘मन्त्रालयले अघि सारेको प्राथमिकता र कार्ययोजनाअनुसारको बीमा सुधार योजना कार्यान्वयन गर्ने सन्दर्भमा पार्टीले समेत निर्णय गरेर प्रोत्साहित गर्न अनुरोध गर्दछु,’ मन्त्री पौडेलले भने, ‘सबैको साथ र सहयोग रह्यो भने स्रोत सुनिश्चित गर्न सकिन्छ ।’

बैठकमा नेतृ चित्रलेखा यादवले क्यान्सरको औषधी महंगो भएको विषय उठाएकी थिइन् । सो को जवाफमा मन्त्री पौडेलले क्यान्सरलगायत बढी मूल्य परेका औषधीको मूल्य समायोजन गर्न कार्ययोजनामा मूल्य समायोजनको कुरा समेत ल्याएको बताए ।

‘नसर्ने रोगको औषधी मूल्य आकासिएको छ । यसको नियन्त्रण गर्न मूल्य समायोजनको प्रस्ताव ल्याएको छौं,’ उनले थपे, ‘यसलाई कार्यन्वयन गर्न तत्काल काम थाल्ने तयारी रहेको छ । यसमा हामीले आवश्यक कार्य गर्नेछौं ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ