२०८१ पुस २६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबीमाको दायरा ५ लाख रुपैयाँ पुर्‍याइने स्वास्थ्यमन्त्री घोषणा

बीमाको दायरा ५ लाख रुपैयाँ पुर्‍याइने स्वास्थ्यमन्त्री घोषणा

बीमाको कोष बढाउन सुगर ट्याक्स लगाउनेदेखि अस्पतालको अनुदान बीमालाई उपलब्ध गराउनेसम्मका योजना


काठमाडौं—स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाको दायरा ५ लाख रुपैयाँ पुर्‍याइने बताएका छन् । आइतबार मन्त्रालयका २३ पृष्ठ लामो आफ्ना प्राथमिकता तथा कार्ययोजना सार्वजनिक गर्दै मन्त्री पौडेलले उक्त कुरा बताएका हुन् ।

‘बीमाको हालको दायरा कम्तिमा ५ लाख बनाउने गरी फराकिलो बनाउन, सेवालाई गुणस्तरीय र सेवा प्रवाह प्रक्रिया सहज बनाउन, आवद्धतालाई द्रुत गतिमा बढाउन स्वास्थ्य बीमा ऐन बमोजिम औपचारिक र अनौपचारिक क्षेत्रलाई समेत अनिवार्य स्वास्थ्य बीमामा समेट्न, आम्दानीको आधारमा प्रिमियम र सह—भुक्तानीको प्रणालीलाई व्यवस्थित र वैज्ञानिक बनाउन स्वास्थ्य बीमाको नीतिगत र कानुनी व्यवस्थामा आवश्यक पुनरावलोकन गरिनेछ,’ मन्त्री पौडेलले भने ।

मन्त्री पौडेलले सबै सामाजिक सुरक्षा कार्यक्रमलाई स्वास्थ्य बीमाभित्र ल्याउने घोषणा पनि उनले गरेका छन् । उनले स्वास्थ्य बीमाको प्रवेशविन्दु र प्रेषण प्रणालीको विद्यमान झन्झटिलो प्रक्रियालाई पुनरावलोकन गर्ने, सरकारी तथा गैरसरकारी क्षेत्रका कार्यरत कर्मचारीहरुको हकमा सम्बन्धित संस्था र आम नागरिकको हकमा बसोबास गरिरहेको वडा सिफारिसका आधारमा तत्काल बसोबास गरिरहेको स्थानीय तहमै स्वास्थ्य बीमा कार्यक्रम उपलब्ध गराउने, रियल टाइमका लागि इएमआर प्रणाली लागु गर्ने उनले बताए ।

स्वास्थ्य बीमामा स्रोतको दायरा बढाउन स्वास्थ्य कर कोषबाट बीमालाई थप रकम उपलब्ध गराउने, निश्चित मात्राभन्दा बढी चिनी प्रयोग हुने खाद्य पदार्थमा सुगर ट्याक्स लगाउने, राज्यका बिभिन्न संगठित संस्थाका उपचार कोषलाई स्वास्थ्य बीमा कोषसँग आवद्ध गर्दै लैजाने, आकस्मिकबाहेकका सबै कार्यक्रमलाई बीमामा आवद्ध गरी निःशुल्क उपचारका लागि स्वास्थ्य संस्थालाई उपलब्ध गराउने अनुदान बीमालाई उपलब्ध गराउने मन्त्री पौडेल जानकारी दिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ