२०८१ पुस २६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडेंगीबाट एक जनाको मृत्यु, ७३ जिल्लामा फैलियो डेंगी

डेंगीबाट एक जनाको मृत्यु, ७३ जिल्लामा फैलियो डेंगी


काठमाडौं—डेंगी संक्रमणबाट एक जनाको मृत्यु भएको छ । सोमबार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले डेंगीबाट एक जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक गरेको छ ।

इडिसिडीकाअनुसार तनहुँका एक ५० वर्षीय पुरुषको डेंगी संक्रमणबाट मृत्यु भएको हो ।

डेंगीको संक्रमण ७३ जिल्लामा फैलिएको छ । अहिलेसम्म ती जिल्लाका २ हजार ३६५ जनामा डेंगीको संक्रमण देखिएको छ ।

बागमतीमा सबैभन्दा बढी ७४७ जना, कोशीमा ५३७ जना, गण्डकीमा ५०८ जना, लुम्बिनीमा २४७ जना, सुदूरपश्चिममा २४२ जना, मधेशमा ४६ जना र कर्णालीमा ३८ जनामा डेंगी संक्रमण पुष्टि भएको इडिसिडीको तथ्यांकमा उल्लेख छ ।

सबैभन्दा बढी १० प्रभावित जिल्लाहरुमा काठमाडौं, कास्की, झापा, चितवन, तनहुँ, मकवानपुर, भोजपुर, काभ्रेपलाञ्चोक, संखुवासभा र ओखलढुंगा रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ