२०८१ पुस २३, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमेघराज खड्का बने सुदूरपश्चिमको सामाजिक विकास मन्त्री

मेघराज खड्का बने सुदूरपश्चिमको सामाजिक विकास मन्त्री


काठमाडौं—मेघराज खड्का सुदूरपश्चिमको सामाजिक विकास मन्त्री बनेका छन् । सोमबार उनले सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँबाट सामाजिक विकास मन्त्रीको पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

खड्का अछाम १ को ख बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । यस्तै, सामाजिक विकास राज्यमन्त्री भने सरस्वती खड्का चयन भएकी छन् । उनले पनि पद तथा गोपनीयताको सपथ लिएकी छन् ।

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार दिउँसो प्रदेश प्रमुखबाट सपथ लिएलगतै मन्त्रीमण्डल विस्तार गरेका थिए ।

जसअनुसार सामाजिक विकास मन्त्रीमा खड्का, आर्थिक मामिला मन्त्री बहादुरसिंह थापा, भौतिक पूर्वाधारमन्त्री सुरेन्द्रबहादुर पाल, आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्की र भूमी व्यवस्था मन्त्रीमा वीरबहादुर थापा र उधोग, पर्यटन तथा वन मन्त्रीमा लक्ष्मणकिशोर चौधरीले सपथ लिएका छन् ।

आर्थिक मामिला राज्यमन्त्रीमा प्रकाश बम र भौतिक पूर्वाधार राज्यमन्त्रीमा निर्मला साउँदले पनि पद तथा गोपनीयताको सपथ लिएका छन् ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ