२०८१ पुस २६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारक्वेष्ट फर्मास्युटिकल्सको सन् २०२३ को कारोबार २ अर्ब ५४ करोड रुपैयाँ

क्वेष्ट फर्मास्युटिकल्सको सन् २०२३ को कारोबार २ अर्ब ५४ करोड रुपैयाँ


काठमाडौं—क्वेष्ट फर्मास्युटिकल्सले सन् २०२३ मा साढे २ अर्ब बढीको कारोबार गरेको छ । क्वेष्टको वित्तिय विवरणअनुसार उसले सन् २०२३ मा २ अर्ब २४ करोड रुपैयाँ बढीको कारोबार गरेको छ ।

सन् २०२४ को ९ महिनामामा क्वेष्टको कारोबार २ अर्ब १० करोड रुपैयाँ (अपरिष्कृत) बढी रहेको छ । कार्डियोभास्कुलर, डाइबटिज, डर्माटोलोजीको औषधि उत्पादन गर्ने क्वेष्टको कारोबार पछिल्ला वर्षहरुमा निरन्तर उकालोमा देखिन्छ ।

उसले सन् २०२० मा १ अर्ब ८० करोड रुपैयाँको कारोबार गरेको थियो भने सन् २०२१ मा १ अर्ब ९५ करोड रुपैयाँको कारोबार गर्‍यो । सन् २०२२ मा उसको कारोबार बढेर २ अर्ब ३२ करोड रुपैयाँ पुग्यो ।

सन् १९९९ मा स्वदेशी फर्मास्युटिकल्स कम्पनीका रुपमा क्वेष्टको स्थापना भएको थियो । उसले पहिलो मलीक्युलका रुपमा सन् २००१ मा एमलड एम्लोडिपिन उत्पादन सुरु गरेको थियो ।

अहिले क्वेष्टले विभिन्न २५ क्याटागोरीका १०० भन्दा बढी औषधीहरु उत्पादन गरिरहेको छ । सन् २०२३ को मध्य जुलाईमा क्वेष्टमा सेयर १५ जना लगानीकर्तामा बाँडिएको छ । जसमध्ये उमेशलाल श्रेष्ठ, पृथ्वी राजभण्डारी, उत्तमकुमार श्रेष्ठ, शैलेन्द्रकुमार बर्मा र उनीहरुको परिवारका नाममा क्वेष्टको ठूलो सेयर हिस्स छ । कम्पनीमा अहिले ५ सयभन्दा बढी कर्मचारी रहेको उसको वेवसाइटमा उल्लेख छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ