२०८१ पुस २६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यका र कैलालीमा २२ जनामा हैजा पुष्टि, ललितपुरमा १४ जनामा हैजा देखियो

काठमाडौं उपत्यका र कैलालीमा २२ जनामा हैजा पुष्टि, ललितपुरमा १४ जनामा हैजा देखियो


काठमाडौं—काठमाडौं, ललितपुर र कैलालीमा २२ जनामा हैजा पुष्टि भएको छ । १६ साउनको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को रिपोर्टअनुसार तीन जिल्लाका २२ जनामा हैजाको संक्रमण देखिएको छ ।

जसमध्ये सबैभन्दा बढी ललितपुरमा १४ जनामा हैजाको संक्रमण देखिएको इडिसिडीको रिपोर्टमा उल्लेख छ । यसैगरी, ललितपुरपछि कैलालीमा ७ जनामा हैजाको संक्रमण देखिएको छ ।

काठमामाडौंमा भने एक जनामा हैजा देखिएको महाशाखाले जनाएको छ । पछिल्लो २४ घण्टामा ललितपुरको इमाडोलमा २ नयाँ हैजाको केसहरु देखिएको रिपोर्टमा उल्लेख छ ।

अंग्रेजीमा कोलेरा भनिने हैजा संक्रामक रोग हो । ‘भिब्रियो कोलेरा’ नामको ब्याक्टेरियाको संक्रमणबाट मानिसलाई हैजा हुने गर्दछ । यो सामान्य डाइरिया नभएर विनाशकारी खालको हुन्छ ।

यो रोग प्रायः वर्षाको समय र गर्मीयाममा बढी फैलिने गरेको छ । सरसफाइ र सफा पिउने पानीको अभावले यसको जोखिमलाई बढाउने गर्दछन् । दिसाको परीक्षण गरेर हैजाको पहिचान गर्न सकिन्छ ।

१५ साउनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हैजाको संक्रमण देखिएको भन्दैं यसबाट सजग र सचेत रहन आग्रह गरेको थियो । हैजा लागेमा पातलो चौलानी पानीजस्तो दिसा हुने, वाकवाकी लाग्ने, पिसाबको रंग पहेलो हुने, चिडचिडापन हुने, रक्तचाप कम हुने, मुटुको धड्कन अनियन्त्रित हुने र बेहोस हुनेजस्ता लक्षणहरु देखिन्छन् ।

मन्त्रालयले गर्मी तथा वर्षायाममा झाडापखाला, हैजा तथा पानीजन्य रोगहरु फैलने हुँदा सजग र सर्तक रहन आग्रह गरेको छ । उसले झिगा लागेका, वासी, सडेगलेका, नपाकेका, चिसिएको खुलास्थानका खाद्य पदार्थ नखान र पानीलाई उमालेर वा क्लोरिन प्रयोग गरेर मात्र पिउन समेत भनेको छ ।

साथै, दिसा पिसाब गरिसकेपछि साबुन पानीले मिचिमिची हात सफा गर्न, व्यक्तिगत तथा खानेकुराको सरसफाइमा विशेष ध्यान दिन र चर्पीको प्रयोग गर्नसमेत आग्रह गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ