२०८१ पुस २१, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कटारी अस्पताल ५० शैय्यामा स्तरोन्नती, संघद्वारा कोशी प्रादेशिक अस्पताल बनाउने प्रस्ताव स्वीकृत

कटारी अस्पताल ५० शैय्यामा स्तरोन्नती, संघद्वारा कोशी प्रादेशिक अस्पताल बनाउने प्रस्ताव स्वीकृत


विराटनगर—उदयपुरको कटारीमा सञ्चालित नगर अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्दै कोशी प्रदेश सरकारलाई हस्तानतरण गर्नको लागि संघीय सरकारले स्वीकृती प्रदान गरेको छ । कटारी अस्पतललाई ५० शैय्यामा स्तरोन्नति गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न केही दिनअघि बसेको मन्त्रिपरिषद बैठकले स्वीकृत प्रदान गर्ने निर्णय गरेको हो ।

अस्पताल संचालनको लागि आर्थिक दायित्व र कर्मचारी व्यवस्थापन भने प्रदेश सरकारले व्यहोर्नुपर्ने उल्लेख छ । ५० शैय्यामा प्रादेशिक अस्पतालमा स्तरोन्नती भई प्रदेश सरकारलाई संघीय सरकारबाट पनि हस्तान्तरणको लागि स्वीकृत प्रदान भएर आएकोले यस क्षेत्रका बिरामीलाई उपचारमा सहज हुने सो क्षेत्रका प्रदेश सांसद तथा निवर्तमान कृषि, उद्योग तथा सहकारीमन्त्री रामकुमार खत्रीले बताए ।

सांसद जितेदेखि नै कटारी अस्पताललाई ५० शैय्यामा विस्तार गरी उपचारमा सहजता प्रदान लागि परेको उनले बताए । चुनावी अभियानकै बाचाअनुसार जनतालाई सहज स्वास्थ्य सेवा दिने अठोटका साथ लागि परेर अस्पताललाई स्तरोन्नती गर्न सफल भएको खत्रीले बताए ।

कटारी क्षेत्रवासी जनताको सहज स्वास्थ्य पहुँच बिस्तार गर्न कटारी अस्पताललाई प्रादेशिक अस्पतालमा लानुपर्ने आवश्यकता रहेकाले यो निर्णय गरिएको खत्रीको भनाइ छ । सेवा विस्तार गरी आम नागरिकले स्वास्थ्य सेवा घर नजिकको अस्पतालमा पाउन सके केही हदसम्म राम्रो हुन्थ्यो भन्ने लागेर कटारी अस्पताललाई प्रादेशिक बनाउन लागि परेको उनले बताए ।

प्रादेशिक अस्पताल भएपछि कटारीवासीका लागि मात्र सेवा लिने अस्पताल नभई छिमेकी जिल्लाहरु सिन्धुली, सोलुखुम्बुु, ओखलढुंगा र खोटाङका आधा भू—भाग र सिराहासम्मका स्थानीयले सेवा लिन पाउनेछन् ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ