२०८१ पुस २६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसूर्तिजन्य पदार्थ सेवनबाट नयाँ पुस्तालाई मुक्त गर्न विशेष अभियान चलाउनुपर्छ : स्वास्थ्यमन्त्री

सूर्तिजन्य पदार्थ सेवनबाट नयाँ पुस्तालाई मुक्त गर्न विशेष अभियान चलाउनुपर्छ : स्वास्थ्यमन्त्री


काठमाडौं—स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विशेष अभियान संचालन गरेर सूर्तिजन्य पदार्थ सेवन गर्नबाट नयाँ पुस्तालाई मुक्त गर्न सकिने बताएका छन् । सोमबार संसदमा सांसदहरुको प्रश्नको जवाफ दिदैं उनले उक्त कुरा बताएका हुन् ।

‘यसका लागि नयाँ पुस्तालाई विद्यालय र विश्वविद्यालयमा पढाइ हुने पाठ्यपुस्तक भित्रै यो विषय समावेस गर्ने, जनचेतना व्यापक रुपमा फैलाउने अभिभावकलाई आफ्नो पछिल्लो पुस्तालाई यसको प्रयोगको हानीबारे जानकारी गराउने लगाउने र यस सम्बन्धी बनेका नियम कानुनलाई कडाइका साथ कार्यन्वयन गर्ने हो भने यो कुरा समाधान गर्न सकिन्छ,’ उनले भने ।

उनले सूर्तिजन्य पदार्थबाट नागरिकको स्वास्थ्यमा धेरै ठूलो असर परेको उल्लेख गर्दै यसबाट उत्पन्न भएको समस्या समाधानका निम्ति सरकारले वैकल्पिक विषयलाई त्यही ढंगबाट अगाडि बढाउन जरुरी रहेको बताए । ‘मन्त्रालयले सूर्तिजन्य पदार्थबाट प्राप्त भएको कर स्वास्थ्य मन्त्रालयमार्फत त्यसबाट लाग्ने रोगहरु निवारण गर्न, जनचेतना विस्तार गर्न, सूर्तिजन्य पदार्थ सेवनबाट नागरिकको स्वास्थ्यमा हुने असरलाई जनताका बीचमा बुझाउनका निम्ति खर्च गर्नुपर्ने विषयको प्रस्ताव अगाडि सारेको छ,’ मन्त्री पौडेलले भने ।

नयाँ पुस्तामा सूर्तिजन्य पदार्थको प्रयोगको प्रवृति बढेको बताउँदैं उनले यसलाई न्यूनीकरण गर्न गर्नका लागि निम्ति विद्यालय तह र विश्वविद्यालय तहको पाठ्यक्रम यसको प्रयोगबाट हुन सक्ने हानीको विषय उल्लेख गर्न जरुरी रहेको बताए ।

‘मानसिक रुपमा नै यो स्वास्थ्यका लागि हानीकारक छ । यसले स्वास्थ्य विगार्छ भन्ने खालको मनोविज्ञान विकास गर्न सकियो चेतनाको पक्षबाट सबै नागरिकलाई यो जानकारी गराउन सकियो भने व्यक्ति आफै सचेत भएर यो प्रयोग नगर्ने स्थितीमा पुग्छ,’ उनले भने, ‘त्यसैले पाठयपुस्तकमा यो विषयलाई समावेस गर्ने र सँगसँगै जनचेतना विस्तार गर्नका लागि स्वास्थ्य मन्त्रालयले विशेष अभियान संचालन गरेर सूर्तिजन्य पदार्थ सेवन गर्नबाट नयाँ पुस्तालाई मुक्त गर्न सकिन्छ ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ