काठमाडौं–लाजिम्पाटस्थित अनमीव अस्पतालले अस्पतालका कर्मचारीहरुलाई एक दिने आधारभूत जीवनोपयोगी तालिम (बेसिक लाइफ सपोर्ट ट्रेनिङ) दिएको छ ।
अस्पतालका चिकित्सक, नर्स, प्यारामेडिक्स, फिजियोथेरापी, प्रशासन तथा सहायकस्तरका ६३ जनालाई बेसिक लाइफ सपोर्ट ट्रेनिङ अन्तर्गत काडियोपल्मोनरी रिसासिटेसन (सिपिआर) तालिम दिइएको हो ।
अस्पतालका इमर्जेन्सी फिजिसियनद्धय डा प्रज्वल मल्ल र डा. सुवास खरेलले एक दिने बेसिक लाइफ सपोर्ट ट्रेनिङ दिएको अस्पतालकी नर्सिङ सुपरभाइजर तथा ट्रेनिङ्गकी को-अर्डिनेटर प्रतिभा शर्माले जानकारी दिइन् ।
‘अस्पतालका सबै विभागका कर्मचारीलाई आधारभूत तालिम दिइएको हो,’ शर्माले भनिन्, ‘अब यसपछि एड्भान्स तालिम पनि दिने तयारी गरेका छौं ।’