२०८१ पुस २७, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारवीर अस्पतालमा एक वर्षमा साढे ६ लाख वढी विरामीले सेवा लिए

वीर अस्पतालमा एक वर्षमा साढे ६ लाख वढी विरामीले सेवा लिए


काठमाडौ–देशकै सबैभन्दा ठूलो र पुरानो वीर अस्पतालले एक वर्षमा साढे ५ लाख विरामीलाई सेवा दिएको छ । वीर अस्पतालको १३५ औ वर्षीक उत्सवको अवसरमा शनिवार आयोजित कार्यक्रममा अस्पतालका निर्देशक डा सन्तोष पौडेलले आकस्मिक र बहिरंग गरी ६ लाख ५४ हजार ८ सय ९१ विरामीले सेवा लिएको जानकारी दिए ।

डा पौडेलका अनुसार ६ लाख १९ हजार ७ सय ५९ जना ले बहिरंग सेवा लिएका छन् भने ३५ हजार १ सय ३२ जनाले आकस्मिक सेवा लिएका छन् ।
वार्षिकोत्सवमा दिइएको जानकारी अनुसार उपचारका लागि आएका विरामी मध्ये २० हजार ४५ जना भर्ना भएर सेवा लिएका छन् भने साना ठूला गरी २२ हजार ३ सय ९२ पटक विरामीको शल्यक्रिया गरीएको छ ।

त्यसैगरी निजात्मक तर्फ ७ लाख ३४ हजार ६ सय ५९ बटा प्रयोगशाला परिक्षण गरिएको छ । त्यसैगरी १० हजार ७१ बटा सिटि स्क्यान, ७ हजार ८ सय २ एम आर आइ गरिएको छ ।

प्रतिवेदनमा ५७ हजार ४ सय ५४ जनाको अल्ट्रासाउन्ड, ६ हजार ६ सय १० जनाको इन्डोस्कोपी गरिएको छ । एक वर्षमा २४ जनाको मृगौला प्रत्यारोपण, ६६ जनाको कोरोनरीएनजियोपलाष्टी र ३ सय २७ जनाको कोरोनरी एन्जियोग्राफी गरीएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले वीर ले दिने सेवा पारदर्शी र प्रभावकारी हुनुपर्ने बताए । उनले वीर अस्,पतालमा जनशक्ति कम भए तापनि अहिलेको जनसक्ती सानो नरहेको बताए । अहिलेकै जनशक्तिमा पनि सेवालाई प्रभावकारी बनाउनुपर्ने उनको भनाइ थियो ।

स्वास्थ्य सचिव रोशन पोख्रेलले कर्मचारीहरुले राजनीति गरेको भन्ने गुनासो धेरै आउने हुदा कर्मचारी भएर राजनीति नगर्न आग्रह गरे । योजना आयोगका सदस्य डा आरपी विच्छाले वीर अव पुरानो ढंगमा चल्न नहुने भन्दै नया योजनाका साथ आउन आग्रह गरे ।

न्याम्सका उपकुलपति प्राडा भुपेन्द्र बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा अध्यक्ष डा लोचन कार्कीले स्वागत गरेका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ