विद्यालय व्यवस्थापन समितिद्वारा हुम्लाको थालीगाउँको स्वास्थ्य संस्थामा तालाबन्दी

जुम्ला—हुम्लाको खार्पुनाथ गाउँपालिका–२ थाली गाउँमा रहेको आधारभूत स्वास्थ्य केन्द्रको वर्थिङ सेन्टरमा ताला लगाएपछि सेवाग्राहीले सास्ती खेप्नु परेको छ । खार्पुनाथ गाउँपालिका–२ स्थित शंकर माध्यमिक विद्यालय व्यवस्थापन समितिले ७ साउनमा गाउँमै रहेको वर्थिङ सेन्टरमा ताला लगाएपछि सेवाग्राहीलाई समस्या भएको हो ।
विद्यालय व्यवस्थापन समितिले मनोमानी ढंगले वर्थिङ सेन्टरमा ताला लागाउँदा दुई दिनदेखि करिब १० देखि १५ जनासम्म सेवाग्राहीले सास्ती खेप्नु परेको स्थानीय लामा रावलले गुनासो गरे । बिरामी भएर स्वास्थ्य संस्थामा पुगेपनि वर्थिङ सेन्टरलगायत स्वास्थ्य संस्थामा ताला लगाएका कारण औषधि नपाएर रित्तो हातमा घर फर्कनु परेको स्थानीय रावलले बताए ।
विद्यालयको खाली रहेको जग्गामा वर्थिङ सेन्टरको भवन निर्माण गरी स्वास्थ्य सेवा सञ्चालन हुँदैं आएको थियो । तर, विद्यालयले पाउनुपर्ने ६ लाख ५० हजार रुपैयाँ नपाएको भन्दैं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष संकेश रावलको नेतृत्वमा गएको टोलीले ताला लगाएको सोही स्वास्थ्य संस्थाका प्रमुख वीरसिंह रावलले बताए । दुई दिनदेखि कार्यालय ताला बन्दी गरेका कारण सम्पूर्ण स्वास्थ्य सेवा ठप्प भएको प्रमुख रावलको भनाइ छ ।
विद्यालयलाई उक्त रकम दिने भनी यसअघि नै निर्णय गरेर सहमति गरेपनि कार्यान्वय नभएर ठेकेदारले दिनुपर्ने रकम नदिएका कारण ताला लगाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष संकेश रावलले बताए । उनका अनुसार विद्यालय व्यवस्थापन समितिले आफूले पाउनुपर्ने रकम नपाएको भन्दै ताला लगाएको छ ।
पहिले नै दुई पक्ष सहमति भएपनि पाउनुपर्ने रकम माग गर्दा नदिएपछि ताला लगाइएको हो । उक्त विषयमा दुवै पक्षसँग छलफल गर्ने वडा नम्बर २ थालीका वडाध्यक्ष चन्द्र रावलले बताए ।
धेरै पढिएका
- १ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद
- २ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न
- ३ मानसिक स्वास्थ्य समस्यालाई नलुकाऔं
- ४ मुस्ताङमा पहिलो पटक गम्भीर बिरामीलाई रगत चढाउने सेवा सुरु
- ५ विपीलाई ‘विपी कोइराला युनिभर्सिटी अफ मेडिकल एण्ड हेल्थ साइन्सेस’मा स्तरोन्नती गर्ने प्रक्रिया सुरु
- ६ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो
- ७ राष्ट्रिय स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको ११ औं शिखर सम्मेलन २८ देखि ३० चैतसम्म
तपाईको प्रतिक्रिया दिनुहोस