२०८१ भदौ २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्राधिकरणले भन्यो, ‘उड्ने बितिकै दाहिने मोडिन गई रनवेको पूर्वतिर दुर्घटनाग्रस्त हुन पुगेको हो’

प्राधिकरणले भन्यो, ‘उड्ने बितिकै दाहिने मोडिन गई रनवेको पूर्वतिर दुर्घटनाग्रस्त हुन पुगेको हो’


काठमाडौं—नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले सौर्य एयरलाइन्सको जहाज उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई दुर्घटनामा परेको जनाएको छ । बुधबार दिउँसो विज्ञप्ती जारी गर्दै क्यानले पोखरा उडानका क्रममा दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर दुर्घटनामा परेको जनाएको छ ।

‘आज मिति २०८१।०४।०९ गते तद्नुसार २४ जुलाई २०२४ बुधबारका दिन सौर्य एयरलाईन्सको सीआरजे-७ (९एन-एएमई) जहाज काठमाडौंबाट स्थानीय समयअनुसार बिहान ११ः११ मा पोखरा उडानको क्रममा उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटनाग्रस्त हुन पुगेको हो,’ विज्ञप्तीमा छ ।

क्यानले दुर्घटना लगतै उद्धार कार्य सुरु गरी आगो नियन्त्रणमा लिइएको उल्लेख गरेको छ । ‘तत्कालै उद्धार कार्य सुरु गरी आगो नियन्त्रणमा लिई १८ जनाको शव संकलन गरिएको तथा १ जना घाइतेलाई उद्धार गरी अस्पताल पुर्‍याइएको जानकारी गराइन्छ,’ क्यानले भनेको छ । एक मात्र जीवित उद्धार गरिएका पाइलट मनिषरत्न शाक्यको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ