२०८१ भदौ २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसंसदमा डेंगी रोकथाम तथा नियन्त्रणका लागि जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता (प्रस्तावसहित)

संसदमा डेंगी रोकथाम तथा नियन्त्रणका लागि जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता (प्रस्तावसहित)


काठमाडौं—प्रतिनिधी सभामा डेंगी रोकथाम तथा नियन्त्रणका लागि जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ । मंगलबार नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले डेंगी रोकथाम तथा नियन्त्रणका लागि जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएकी हुन् ।

डेंगी नामको संक्रामक रोगको बढ्दो प्रकोपले स्वास्थ्य तथा जनस्वास्थ्यको क्षेत्रमा गम्भीर चुनौती सिर्जना गरेको प्रस्ताव उल्लेख छ । कांग्रेसकै सांसदहरू सीता मिजार, कुसुमदेवी थापा, सपना राजभण्डारी र लीलादेवी बोखिम समर्थक रहेको उक्त प्रस्तावमा पछिल्ला ६ महिनामा ७३ फैलिएको र १ हजार ४३२ जना डेंगीको संक्रमण भइसकेको उल्लेख छ ।

प्रतिनिधी सभा नियमावली २०७९ को नियम ७१ बमोजिम दर्ता भएको उक्त प्रस्तावमा साउन, भदौ र असोजमा बढी प्रभाव रहने भएकाले अबका तीन महिना झन कठिन हुने जनाइएको छ ।

प्रस्तावमा तत्काल सचेतना अभिवृद्धि, लामखुट्टे नियन्त्रण कार्यक्रमको सुदृढीकरण, स्वास्थ्य सेवा प्रणाली र पूर्वाधारको सुदृढीकरण, अनुसन्धान र विकास र नीति निर्माण कामहरु गर्नुपर्ने उल्लेख छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ