२०८१ भदौ २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकिरण थापामगर बागमती प्रदेशको स्वास्थ्यमन्त्री बन्ने

किरण थापामगर बागमती प्रदेशको स्वास्थ्यमन्त्री बन्ने


हेटौडा—बागमती प्रदेशको स्वास्थ्यमन्त्री किरण थापामगर बन्ने भएका छन् । मंगलबार नेकपा एमालेको भागमा परेको स्वास्थ्य मन्त्रालयमा थापामगर मन्त्री बन्ने निश्चित भएको हो ।

नयाँ सत्ता गठबन्धन दल नेपाली कांग्रेस र नेकपा एमालेले मन्त्रालयको भागबण्डा टुंगो लगाएका थिए । भागबण्डामा एमालेको भागमा स्वास्थ्य मन्त्रालयसहित भौतिक पूर्वाधार, कृषि तथा पशुपंक्षी मन्त्रालय, वन तथा वातावरण, उधोग, वाणिज्य, भूमी तथा प्रशासन र श्रम रोजगार तथा यातायात मन्त्रालय एमालेको भाग परेको थियो ।

जसमा एमालेले थापामगरलाई स्वास्थ्य, अमन मास्केलाई भौतिक पूर्वाधार, प्रकाश श्रेष्ठलाईलाई कृषि, कृष्ण सिलवाललाई वन तथा वातावरण, सुकमाया तामाङलाई उधोग र प्रेमभक्त महर्जनलाई श्रम रोजगार मन्त्री बनाउने निश्चित गरेका हो ।

थापा भक्तपुर २ (१) बाट प्रदेशसभामा निर्वाचित सांसद हुन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ