२०८१ भदौ २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारटीकापुर अस्पतालका आकस्मिकबाहेकका सबै सेवा ठप्प

टीकापुर अस्पतालका आकस्मिकबाहेकका सबै सेवा ठप्प


धनगढी—टीकापुर अस्पतालका आकस्मिकबाहेकका सबै सेवा ठप्प भएका छन् । सोमबार दिउँसो १ असामा मृत्यु भएका बिरामीका आफन्त आएर अस्पतालमा हुलइज्जत तथा हातपात गर्न खोजिएपछि चिकित्सक तथा स्वास्थ्यकर्मीले आकस्मिकबाहेकका सबै सेवा ठप्प पारेका हुन् ।

१ असार राति १०ः१५ बजे अस्पताल टीकापुर अस्पताल पु¥याइएका मधुमेह र उच्च रक्तचापका बिरामी पदम बोहोरालाई अस्पतालले धनगढी रेफर गरेको थियो । धनगढी लैजाने गरेको उनको बाटैमा मृत्यु भएको थियो ।

उक्त घटनापछि अस्पतालले छानविन गर्न समिति बनाएको थियो । समितिले छानविन गरिरहेकै बेला सोमबार दिउँसो १ जे मृतकका आफन्तले अस्पताल विकास समितिका अध्यक्षलाई बन्धन बनाउनुका साथै स्वास्थ्यकर्मीमाथि हातपात गर्न खोजेको अस्पतालले जनाएको छ ।

टीकापुर अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले मृतकका आफन्तले अस्पतालको प्रशासनिक भवनमा आएर अस्पताल व्यवस्थापन समितिका अध्यक्षलाई कालोमोसो लगाउने धम्कीसहित तथानाम गालीगलौज गरेको, अस्पतालका कर्मचारी तथा स्वास्थ्यकर्मीमाथि हातपात गर्न खोजेको, कार्यलयमा तालाबन्दी गरेर अध्ययनलाई बन्द बनाएर डर, त्रास र भयको वातावरण सिर्जना गरेकाले आफूहरु सेवा दिन नसक्ने जनाएका छन् ।

चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले यो अवस्था सामान्य भएर सम्बन्धित पक्षले क्षमा नमागेसम्म आकस्मिक बाहेकका स्वास्थ्य सेवा प्रवाह नगर्ने विज्ञप्तीमार्फत जनाएका छ्न । ‘अस्पतालमा अराजक गतिविधी गर्ने दोषीलाई कारवाही नगरेसम्मका लागि बन्द रहने व्यवहोरा सम्पूर्णमा जानकारी गराउँदछौं,’ उनीहरुले भनेका छन् । साथै, उनीहरुले चिकित्सक तथा कर्मचारीलाई सुरक्षाको प्रत्याभूति गर्नसमेत माग गरेका छन् ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ