२०८१ भदौ २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्यएक वर्षअघि साउदी पुगेकी नेपाली नर्स मृत भेटिइन्

एक वर्षअघि साउदी पुगेकी नेपाली नर्स मृत भेटिइन्


काठमाडौं—एक वर्षअघि साउदी पुगेर त्यहाँको एक अस्पतालमा कार्यरत नर्स मृत भेटिएकी छन् । शनिबार साउदी अरबको पूर्वी प्रान्तको दमाम नजिकैको अल बदर अस्पतालमा कार्यरत नेपाली नर्स गीता देउजा मृत अवस्थामा फेला परेकी हुन् ।

‘साउदी अरबको पूर्वी प्रान्तको दमाम नजिकै आफू बस्ने होस्टेलमा उहाँ मृत अवस्थामा फेला पर्नुभएको जानकारी प्राप्त भएको छ,’ जनप्रगतिशील मञ्च साउदी अरबका अध्यक्ष रामचन्द्र वाग्लेले हेल्थआवाजसँग भने, ‘अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।’

अन्दाजी २४—२५ वर्षकी गीता रोजगारीको सिलसिलामा एक वर्षअघि साउदी अरब पुगेकी थिइन् । ‘उहाँको दिदी पनि यही हुनुहुँदोरहेछ, उहाँहरुले नर्सलाई यता राम्रो छ भनेर ल्याउनुभएको भन्ने खबर पाएका छौं,’ वाग्लेले थपे । उनकी दिदी लक्ष्मी देउजा पनि सोही अस्पतालमा नर्सका रुपमा कार्यरत रहेको उनले बताए ।

गीता सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका– ९ की हुन् । देउजाले उनी मृत भेटिएको ठाउँमा भेटिएको नोटमा आफ्नै कारणले यस्तो घटना भएको र शव नेपाल नपठाउन आग्रह गरिएको छ ।

साउदी अरेबियास्थित नेपाली दूतावासले पनि गीता मृत भेटिएको जनाएको छ ।


क्याटेगोरी : अन्य, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ