२०८१ भदौ २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यमन्त्रीका ९ निर्देशन: शैय्या नपाई भर्ना नहुने अवस्था अन्त्य गर्नेदेखि शौचालय सफा राख्नेसम्म

स्वास्थ्यमन्त्रीका ९ निर्देशन: शैय्या नपाई भर्ना नहुने अवस्था अन्त्य गर्नेदेखि शौचालय सफा राख्नेसम्म


काठमाडौं—स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अस्पतालमा शैय्या नपाएर भर्ना हुन नपाउने अवस्थाको अन्त्य गर्न निर्देशन दिएका छन् । ४ साउनमा उपत्यकाका अस्पतालका प्रमुखहरुसँग छलफलपछि मन्त्री पौडेलले संघीय अस्पताल र प्रतिष्ठानहरुलाई ९ बुँदे निर्देशन दिएका हुन् ।

निर्देशनमा शैय्या अभावका कारण बिरामी हुन नपाउने अवस्थाको अन्त्यदेखि अस्पतालको शौचालय र पानीको व्यवस्था मिलाउनेसम्मको निर्देशन दिइएको छ । ‘चिकित्सकको राउण्ड, बिरामी भर्ना, बिरामीको डिस्चार्जबीच समयको तारतम्य मिलाई शैय्या नपाएर भर्ना हुन नसक्ने अवस्थाको अन्त्य गर्ने,’ निर्देशनको बुँदा नं. ३ मा भनिएको छ ।

त्यसैगरी, अस्पतालले तारतम्य मिलाएर दुई सिफ्टमा ओपीडी संचालन गर्न समेत मन्त्रालयले भनेको छ । अस्पतालहरुलाई गरिएको परिपत्रमा विस्तारित अस्पताल सेवा कार्यक्रम सेवा लागु गर्ने, अस्पतालमा अनलाइनमा टिकेटिङ गर्ने, सेवाग्राहीले सामान्य कामका लागि पनि अस्पतालका निर्देशकलाई पर्खनुपर्ने बाध्यता अन्त्य गर्नुपर्ने, अस्पतालमा पाइने सेवाका बारेमा व्यवस्थित निराकरण नक्सा वा स्वयंसेवक परिचालन गरी सेवाग्राही लक्षित विभिन्न ठाउँमा टाँस गर्नुपर्ने, स्वास्थ्य बीमाका सबै औषधि अविछिन्न र फार्मेसीमा पर्याप्त राखी राख्नुपर्ने पनि निर्देशनमा छ ।

मन्त्री पौडेलले पाँच वा सोभन्दा बढी युनिट रहेका अस्पतालमा ओपीडी र शल्यचिकित्सकको कमी भएको देखिएको हुँदा युनिटको प्रभावकारी व्यवस्थापन गर्नुपर्नेलगायतका निर्देशन दिएका छन् ।

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ